साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताको सम्पत्ति

Nepal Telecom ad

पानीको कुनै कुनै रङ्ग हुँदैन
शत्रु कहिले पनि आफ्नो हुँदैन
नेताको कुनै धर्म हुँदैन
कर्ममा कत्ति पनि शर्म हुँदैन
शिक्षकको कोही प्रिय हुँदैन
प्रिय भएपछि विध्यार्थी रहँदैन
ट्राफिकको फुलीको शान पर्दैन
फुली पाएपछि ड्युटी गर्दैन
घरमा बस्यो काम हुँदैन
खान थाल्यो तिर्ने दाम हुँदैन
मानिसको कुनै जात हुँदैन
नेताको कोही आफ्नो हुँदैन
नोटको भोटको अस्तित्व हुँदैन
त्यस्ता नेतालाई लाज हुँदैन
तरूनीसँग कम्मर मर्काएर नाच्छन्
ती नेताको दिमागमा संविधान आएन
कुकुरलाई बरू कात्तिक लाग्यो
नेतालाई माघ ८ को रन्को लागेन
फिल्म हलमा नेपाली फिल्म
एक एक हप्तामा फेरिन्छ
६०१ सभासद्को केही दिनको
मेहनतले पनि संविधान कोरिन्छ
संविधान बने पशुपतिको साँढेले
जस्तो नेताहरूले डकार्न कहाँ पाइन्छ ?
करोडौंंको सम्पत्ति कमाएको हैन
दाईजोमा ल्याइन्छ
रु. दस हजार भन्दा बढी
दाईजो दिन नपाइने नियममा
सुन्ना ३ थप्दै सम्पत्ति विवरण बुझाइन्छ
घर र बैकमा हैन, विदेश र ट्याङकीमा पनि
धन पाइन्छ
विदेश जानु पर्दैन मित्र हो
त्यहाँ जति दुःख यहाँ गर
नाथे साउदीको तलब यहीँ पाइन्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x