प्रेम ओली ढकलपुरेएउटा गल्ली छ
तिम्रै महल अगाडि
एउटा गल्ली छ
कहिले जलको हल्लिखल्ली छ
कहिले ढलको चिल्लीबिल्ली छ
मान्छेको झन त्यहाँ
ठुलै उल्लिबिल्ली छ ।
नेताहरू आउँछन्
नोटले भोट साट्न
किन कि त्यहाँ
भोको तसल्ली छ
युवाहरू आउँछन्
नोटले ओठ साट्न
किन कि त्यहाँ
एउटी डल्ली छ
अरु केही नभए पनि
उसँग अहिले जवानी छ
त्यसैले ऊ
सबको मनभुल्ली छ ।
दिनमा सुतेर
साँझमा टुन्न परेर हिंड्ने
अँध्यारो गल्ली छ
सुनेको छु त्यहाँ
मान्छे समसाँझै लुटिन्छ
कोही मान्छे दिउँसै कुटिन्छ
किन कि यो महा छल्ली छ
भन्छन यो गल्ली
गाँजा चरेसको अम्मली छ ।
न संस्स्कृति न दीक्षा
न ईलम न शिक्षा
न शान्ति न सुरक्षा
अजब गजब कुरोे
सबको सधैं बिचल्ली छ ।
गरिब देशको धनी तिमी
तिम्रै घरको नजिक
एउटा गल्ली छ
तिम्रो बाहेक त्यहाँ
सबको बिचल्ली छ ।
दाङ, हाल काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































