साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरुषदेव

Nepal Telecom ad

पुरुष भन्नेबित्तिकै पौरखी प्राणी हुन् भन्ने पक्का हुन्छ । सृष्टिकै सुरुदेखि महिलाले पुरुषदेवकै रूपमा खुरुखुरु पूजा गरे । सर्वोत्कृष्ट र परोपकारीका रूपमा पुरुषदेवले ख्याति कमाए । पावरफुल भएरै जन्मसिद्ध मुलुकको मालिक बने, नियमकानुन बनाए आफ्नै हितमा । पुरुषदेवले बनाएका कानुनका कुरामा कसैले कन्सिरी तताएनन् । आफैँमा अति पवित्र । कहिल्यै वरपर सर्नु नपर्ने । शुद्ध हुन सुनपानी छर्नु नपर्ने । चारजात छत्तीस वर्णमा मात्र हैन, आठजात अठासी वर्णमै उपल्लो दर्जाका हर्ताकर्ता पुरुषदेव नै हुन् ।

यस्ता सर्वगुण सम्पन्न पुरुषदेवको सर्वत्र एकछत्र रजगज चल्याछ । यसरी चल्नुमा पुरुषदेवको चानचुने चलाखीचाहिँ छैन । ब्रह्माबुढादेखि वैरागी चेलासम्म, चटकेको खेलादेखि लफुङ्गाको फेलासम्म सुकर्मको सुनाम साँट्ने उनै पुरुषदेव । त्यसैले धर्मशास्त्रदेखि चलचित्रका पात्रमा समेत पुरुषकै मात्र पौरख देखिन्छ ।

परापूर्व कालदेखि नै हाम्रो परम्परा र रीतिथितिको स्थिति निकै राम्रो छ । धर्मको नाममा कर्म गर्ने धर्मकर्मीको कमी छैन । बाढी र पहिरोले गाउँघर पूरै बगाए पनि बमबम भोले भन्दै पहँेला वस्त्र धारण गरी बडो कष्टका साथ बोलबमको लर्को लागेकै छ । आखिर इहलोकमा गाँसबासको सत्यानास भए पनि परलोकमा परमानन्द दिने उनै दयावान् देवमहादेव हुन् । “अगिको दुःख पछिको सुख” राम्रो भनेझैँ सज्जन धर्मात्माले पछिकै बाटो साँच्या छन् । आतेसमा हारगुहार गर्न जाँदा पनि हरेस नखाने आदेश उनै भगवान्ले दिन्छन् । भगवान्कै भरोसामा संसार चलेपछि भगवतीको गति गिर्दो छ । त्यत्रा औधी तेत्तीसकोटी देवतामा, देवी त दुईचारवटी न हुन् । अल्पमतको जमाना उहिल्यै गयो । पावरलेस देवीको चाकडी गर्नुभन्दा, पावरफुल देवता पुरुषदेवको चाकडी गर्नु बेस हुन्छ ।

त्यसैले होला विद्याकी देवी सरस्वतीको स्तुतिमा पनि कमी आएको । उनको अब्बल दर्जाको दज्र्यानी सटिफिकेट डाक बडाबडमा घरघरमै हुन्डामुन्डा लिलाम हुँदै छ । दिनरात सकी नसकी पढेर सरस्वतीको भक्ति ग¥यो, शक्तिशाली सटिफिकेट अर्कै अनाडीले उछिट्याउँछ । अर्की उस्तै छिन् धनकी देवी लक्ष्मी । अनेक जुक्ति बुद्धि जुराएर दुईचारसय जोहो ग¥यो, सुटुक्क एउटा सुरबिर अँध्यारामा आउँछ । पिँडालुका डाँक्लाको बन्दुक बनाएर कन्चटमा तेस्र्याउँछ । अनि जिली न गाँठी पारेर सर्वस्व जिम्ट्याउँछ । पुलिसकहाँ पोल पु¥यायो, पोल पुगेकै पर्सिपल्ट सखारै पुलिस टुप्लुक्क आइपुग्छ । उल्टै आफैँलाई हप्कीदप्की पार्दै सोधखोज गर्छ । बयानको बेलीबिस्तार लिन्छ । अन्तमा बयान नमिलेको बहाना गर्दै ऊ बाटो लाग्छ । बिचरी लक्ष्मीको खै के लाग्छ ?

पूजाआजा बर्ततीर्थ वास्तवमै पुरुषदेवकै गर्नुपर्छ । बोलबम भन्दै लागेको लर्को टुिङ्गन नपाउँदै, हरितालिका तीजको व्रत आउँछ । पानी पिउँदा स्वामीदेवको रगत हुने खतरनाक व्रत पनि उनै पुरुषदेव महादेवको हो । कात्तिकको कठ्याङ्ग्रिने जाडोमा बिहानै नुहाएर पानी चढाउने व्रत पनि उनै पुरुषदेव विष्णुदेवको हो र पूजाचाहिँ उनै देवाधिदेव पुरुषदेव महादेवको ग¥यो ।

अति नै हुँदा पनि पुरुषदेव शक्तिशाली र सहनशील हुनाले सहेको छ । नत्र निक्कै कठिन हुन्थ्यो होला । जाडो मौसममा महिलाले दिएको अँजुलीका अँजुली चिसो पानी पिउँदा देवाधिदेव पुरुषदेवको पेट नै ढाडिएर । तर जोसुकैले जेसुकै जतिसुकै दिए पनि नाइँनास्ती नगरी लिइरहने र माग्ने, जोसुकैले जेसुकै जतिसुकै मागे पनि दिइरहने पुरुषदेव नै हुन् । यस्ता पुरुषदेवका पाउ पर्न र पूजा गर्न प्रत्येक दिन नचुकौँ । यसमै हामी सम्पूर्ण प्राणीजगत्को कल्याण छ ।

हाल, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भो लेख्दिन अब

भो लेख्दिन अब

हरिकला उप्रेती
बहुवाद जिन्दावाद

बहुवाद जिन्दावाद

हरिकला उप्रेती
मै छोरी सुन्दरी !

मै छोरी सुन्दरी !

हरिकला उप्रेती
भानुभक्त

भानुभक्त

हरिकला उप्रेती
गोर्खेलौरी

गोर्खेलौरी

हरिकला उप्रेती
जरूरी सूचना

जरूरी सूचना

हरिकला उप्रेती
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x