साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नेताका बि ४

Nepal Telecom ad

समाचारमा मैले सुनेँ, “फलाना नेताले बिचार व्यक्त गर्नु भयो”
समाचार वाचकले सरासर अत्याचार गर्नुभयो
बिचार शब्दलाई नेतासँग जोडेर,
बिचार शब्दमाथि कत्रो व्यभिचार गर्नु भयो !

सगरमाथाको टुप्पोमा डढेलो लाग्नु र–
नेताबाट बिचार व्यक्त हुनु उस्तै उस्तै हो,
तैपनि समाचार वाचकले समाचारमा भन्नुभयो
“नेताले बिचार व्यक्त गर्नु भयो” !

बिचारमा कम्तिमा चार बि हुनुपर्छ–
विवेक, विध्या, बिउ र बिन्ति ।
यी चारवटै शब्द बिख हुन्छन् नेताका निम्ति ।
चार बि मा चारवटै बि थिए छन त नेताका भनाइमा–
बिगो, बिघ्न, बिल्लीबाठ, र बेथिति !

हरेक चार बि युक्त कुरा बिचार हुँदैनन्
जसरी हरेक अमिलो, पिरो, नुनिलो र रसिलो कुरा अचार हुँदैनन्
त्यसमाथि पनि नेताले बिचार व्यक्त गर्ने कुरा त झन् असम्भव हुन्छ
मातापिताको मृत्युपछि मात्रै व्यक्ति टुहुरो हुने जस्तै
बिचार शब्दसँग पारपाचुके गरेपछि मात्रै कुनै व्यक्ति नेता हुन्छ ।

बत्तिसपसतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x