साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुकुण्डे भकुण्डे

Nepal Telecom ad

मुकुण्डेलाई काँसी दिउँ
भकुण्डेलाई फाँसी दिउँ
लाज पचेका लबस्तरा
आमा बेच्ने नकचरा
जिब्रो ठूलो पड्काउने
काम गर्नलाई अड्काउने
यी सबैलाई मासी दिउँ
मुकुण्डेलाई काँसी दिउँ,
भकुण्डेलाई फाँसी दिउँ ।

तेरो तिर बल आयो
मेरो तिर दे भन्ने
अस्ती तैँले खाको थिइस्
पालो मेरो ले भन्ने
राष्ट्रप्रेमी बताउने
खुल्लामञ्चलाई तताउने
जनसेवी भन्दिने
जनता सबलाई अत्ताउने
चुर्ना पर्या बाख्राझैँ
सभा तिर कुर्लिने
चोर्न, ठग्न नपाए
सोझा माथि उर्लिने
सिमा तिर हेर भन्दा
आँखा चिम्ली घुर्दिने,
यी सबैलाई मासेर
दिल खोलेर हाँसी दिउँ
मुकुण्डेलाई काँसी दिउँ,
भकुण्डेलाई फाँसी दिउँ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म प्राज्ञ

म प्राज्ञ

बिन्दु दहाल ‘मूकदर्शक’
धोती समा बाउरे

धोती समा बाउरे

बालकृष्ण खनाल
तन्नेरी मुुखुुण्डो

तन्नेरी मुुखुुण्डो

डा. लोकेन्द्रप्रसाद पौड्याल
0
Would love your thoughts, please comment.x
()
x