साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सार्थक बहसको थालनी

Nepal Telecom ad

अधिकांश नेपालीहरूले पालन गर्दै आएका जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कारहरूमा समयानुकूल परिवर्तन, परिमार्जन, संशोधनको आवश्यकता समाजका जिम्मेवार र सचेत वर्गले अनुभव गर्दै आएको विष्रूाय हो । तर सुरु कसले गर्ने र कसरी गर्ने भन्ने कुरा बिरालोको घाँटीमा घन्टी कसले बाँध्ने भने जस्तै भइरहेको छ । अरुले के भन्ला भन्ने डर र सङ्कोचले पनि कतिपय मानिसहरू यो काममा अग्रसर हुन सकिरहेका छैनन् । यसको एउटा मुख्य कारण हामीले मान्दै आएका संस्कारहरू कति वैज्ञानिक छन् र कति शास्त्रसम्मत छन् भन्ने प्रश्नको निक्र्यौल हुन नसक्नु पनि हो । यसबारे जिज्ञासा र उत्सुकता सबैमा छ । तर ठोस रूपमा भन्ने र परिवर्तन गरेर देखाउने आँट धेरैले गर्न सकेका छैनन् ।

यही परिस्थितिलाई दृष्टिगत गरी संस्कार पुस्तक तयार गरिएको छ । यसमा नेपालको राजनीतिक तथा सांस्कृतिक क्षेत्रका सुपरिचित चिन्तकहरू– मोहन विक्रम सिंह, मोदनाथ प्रश्रित, नरहरि आचार्य, खगेन्द्र सङग्रौला, घनश्याम शर्मा पौडेल र डा. विष्णु दहालले संस्कारका बारेमा गहन अध्ययन र चिन्तन गरी लेख्नु भएका लेखहरू छन् । साथै ती लेखहरूको बारेमा सो विषयका अनुभवी र सामाजिक परिवर्तनमा लाग्नु भएका तीनजना टिप्पणीकार–डा. रामचन्द्र गौतम, प्रदिप ज्ञवाली र आहुतीका समीक्षात्मक तथा विचारोत्तेजक टिप्पणीहरू छन् ।

पुस्तकको परिकल्पना तथा लेखहरूको सङ्कलन संस्कार सुधारका पक्षमा लागि परेका लेखक विजयराज आचार्यले गर्नु भएको हो । यसको संयोजन सुपरिचित साहित्यकार खगेन्द्र सङग्रौलाले गर्नु भएको छ । पुस्तकको प्रकाशन विवेक सिर्जनशील प्रकाशन प्रा.लि.ले गरेको छ । बालवाङमय तथा अनुसन्धान केन्द्र अन्तर्गत पिताम्बर–मनकला सम्मान समितिले प्रकाशनको चाँजोपाँजो मिलाएको हो ।

सामाजिक सुधारका लागि आफैं उदाहरण बन्नु भएका पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले २०७१ मङ्सिर १३ गते बाल्मीकी क्याम्पसमा पुस्तकको विमोचन गर्नु भएको थियो ।

कार्यक्रममा लेखकहरूका तर्फबाट पाँच दशकदेखि सामाजिक परिवर्तनका लागि कलम र कर्मद्वारा लागि पर्नु भएका साहित्यकार मोदनाथ प्रश्रितले नेपाली समाजमा संस्कारको भूमिका र परिवर्तनकको आवश्यकता बारे बोल्नु भएको थियो । साथै साहित्य र संस्कृति विषयमा कार्यरत लेखक, कलाकार र संस्कृतिकर्मीहरूका संघ संस्थाका प्रमुखहरू अमर गिरी (अध्यक्ष– प्रगतिशील लेखक संघ), डा. विष्णु विभू घिमिरे (अध्यक्ष– लेखक संघ), खगेन्द्र राई (अध्यक्ष– राष्टियि जन सांस्कृतिक महासंघ), मातृका पोखरेल (अध्यक्ष– एकीकृत अखिल नेपाल जन सांस्कृतिक महासंघ) तथा ईश्वरचन्द्र ज्ञवाली (अध्यक्ष– अखिल नेपाल जन सांस्कृतिक महासंघ) ले पुस्तकको समीक्षा गर्नु भएको थियो ।

सबैजसो वक्ताको भनाइमा संस्कार सुधारको काम ढिला भइसकेको छ । संस्कारमा परिवर्तन नभई राजनीतिक परिवर्तन दिगो हुँदैन । यो पुस्तकले पाठकलाई संस्कारबारे बुझ्न र वैज्ञानिक धरणा बनाउन सघाउने छ र पुस्तक पढ्नेले एक पटक गम्भीर भएर सोच्ने छ ।

कर्यक्रमको सुरूमा साहित्यकार तथा समीक्षक रमेशप्रसाद भट्टराईले पुस्तक कुन परिस्थितिमा प्रकाशित भयो भन्ने जानकारी दिँदै कार्यक्रमको बारेमा प्रकाश पार्नु भएको थियो ।

राससका पूर्व प्रधानसम्पादक प्रमोद प्रधानले स्वागत मन्तव्य दिँदै पुस्तकले समाजमा सार्थक बहसको सुरुवात गरेको विश्वास व्यक्त गर्नु भएको थियो ।

कर्यक्रम समापन गर्दै अध्यक्ष विनयकुमार कसजूले संस्कार सुधारको लागि पुरानो विचारभन्दा पनि अहिले संस्कारको व्यापारीकरण र बजारीकरण गरेर नाफा कमाउन चाहने नयाँ बजार अर्थतन्त्र बलियो बाधकको रुपमा आएको छ भन्नु भयो ।

पुस्तकका परिकल्पनाकार तथा आफैंबाट सामाजिक सुधारमा लाग्नु भएका विजयराज आचार्यले पुस्तकप्रति रुचि राखेर आउनु हुने सबै लेखक, टिप्प्णीकार, समीक्षक र उपस्थित सबैलाई धन्यवाद दिनु भएको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार ठाकुर बेल्बासेले गर्नु भएको थियो ।
–विजय चालिसे

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x