साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काठमाडौंको खानेपानी

Nepal Telecom ad

धारा खोल्छु टुटी निमोठ्दछु बलै मेटूँ भनी प्यास यो
हावा ठ्याँस्स गरेर जोडसितले निस्कन्छ आवाज पो
साना बालक बालिका बलुनमा हावा त्यसैको भरी
खेल्छन् खूब रमाउँछन् दिनदिनै हाँसी खुसी बेसरी ।

धारामा यदि झुक्किएर कहिले पानी झरेमा बरू
सारा टोल छिमेकमा गजबको मच्चिन्छ हल्लाहरू !
रामेको घर रातको समयमा पानी झर्यो रे तर
लेदो फ्यात्त झरेछ रे जल सँगै मक्खी कसैका घर ।

पार्टीको सरकार भन्छ पिउने पानी यही हो भनी
व्यर्थैमा बिल भर्छु रुन्छ मन यो, के लाग्छ रोए पनि !
मेरो देश धनी हिमालहरूले ठूला नदी तालले
पानी छैन नुहाउने र पिउने मर्ने भएँ प्यासले ।

हाल, अमेरिका

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x