साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विप्लवलाई पत्र

Nepal Telecom ad

इतिहासका पाना पल्टाउँदै
विप्लवलाई पत्र लेखिरहेछु
तिम्रो सङ्घर्षमा उत्रिन
अक्षरको बारुद पड्काउन जुटेको छु
उवाको जङ्गलको चिहानबाट
मसिनो हाडको टुक्रामा बारुदको रङ पोतेर
क्रान्तिको ढोड सल्काइरहेछु
कति मारिने हुन्
कति बाँच्ने हुन्
आजसम्म
जिउँदा हड्डीहरूको बाजा बजाउँदै
युद्धको यात्रामा हिँडेको छु
मूर्दाझैं सुतेको सहर
मलाई ऋणको ढाँकर चढाइरहेछ
तिमीलाई मेरो कथा सुनाउन पाएको छैन
तिमीले लडाइँको घोषणा ग¥यौ
चन्दन घोटेझैं म घोटिरहेकी छु
निरन्तर
शिशिरको चिसोहावा पिएर
तिमीलाई भेट्ने आशामा
पत्र लेखिरहेछु
मैले युद्धको लगाम छोडेको छैन
कहिल्यै छोड्ने छैन
कृषि क्रान्ति नभएसम्म
मेरो हाड घोटीरहने छु
मैले मेरो आयु नापेको छैन
सूचीकारले झैं
जीवन बलिरहेछ
रानीपोखरीमा
उवाको धूलो चाटेर भए पनि
मेरो हड्डी
तिम्रो पहिलो गोली भएर पड्कन चाहन्छ
मलाई निम्सरो नठान
मेरो हड्डी एटमबम भएर पड्कँदै छ
तिम्रो मोर्चामा
क्रान्तिको सिँढीबाट ओर्लन कत्ति मन छैन
सास छउन्जेल
मेरो जीवन
तिम्रो मोर्चामा डुलीरहने छ
म एक्लै भए पनि
मेरो हाड पग्लने छैन
वैरीका ज्वालाहरूले
मेरो कुनै अर्को बाटो छैन
हृदयको तालीका रोक्ने
निश्चय नै म युद्द लडिरहेको हुनेछु
युद्द रोकिने छैन
मेरो आन्द्रामा माटोको लेप लगाउँछु
बारुदले थुकेको धुँवा पिउँछु
तिम्रो क्रान्ति निभ्न दिन्न
नालापानी छोएर भन्छु
विप्लव !
हाम्ररो युद्द लामो छ
मेरो शरीर कालीमाटी भएर बग्न सक्छ
क्रान्ति विनाको रेल गुड्न सक्दैन
इन्द्रर सरोवरझैं जमेर
सेती भएर बग्न चाहन्छु
विप्लव !
तिम्रो मोर्चाको सागरमा

लार्के भएर उभिएको छु
जमीनमा
तिमीसँग सम्झौता गर्न चाहन्छु
इतिहासका पाना पल्टाएर ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x