सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

हाँस्नु कि रुनु ?

Nepal Telecom ad

औँलो दिँदा
डुँडुलो निल्नु
‘सु’ गर्ने बाहेक
केहीमा मन नमिल्नु ।

कर छल्नु, नतिर्नु
विदेश पुगेछि घर नफिर्नु
ऋण लिनु
तिर्ने कुरै नगर्नु ।

सभामा सिगरेट पिउनु
सडकमा थुक्नु
दिसा बस्नु
न त हात धुनु न त लाज मान्नु ।

नसक्ने खालका
काम आँट्नु
अरुलाई नसकेपछि
आर्फैलाई ढाँट्नु ।

इतिहासको गीत साँच्नु
वर्तमानमा उँघेर बाँच्नु
अरुकै ताली र सङ्गीतमा नाच्नु
सिर्जनाका लागि सिन्को नभाँच्नु ।

पर्चा छर्नु
नेपाल बन्द गर्नु
विकासका नाममा
गाउँबाट सहर सर्नु ।

काखी गन्हाउनु
जुम्रा पाल्नु
कानमा सधैं तेल हाल्नु
उल्टो कदम चाल्नु ।

सधैं अरुको
इसारामा चल्नु
पुच्छर ठडिनु
शीर ढल्नु ।

काम नसकिँदै
अफिसबाट भाग्नु
सधैं चाकडीको
दाउमा लाग्नु ।

कृषक बन्नु
अन्न किन्नु
आफ्नै नाभीको
कस्तुरी नचिन्नु ।

नदी बेच्नु
बिजुली किन्नु
नून र पेट्रोललाई
डलर तिर्नु ।

उमेर नपुग्दै
बिहे गर्नु
उमेर पुगेपछि
अर्कोतिर सर्नु ।

अरूलाई सधैं
धारे हात लाउनु
साँढेका पछाडि
मुख बाउनु ।

अरूकै बारीको
डल्ला फोर्नु
अरूकै मल र
गोबर सोर्नु ।

यतिका धेरै
विशेषता सहित
अरू होइन
नेपाली हुनु
यही भीडमा छु म पनि
हाँस्नु कि रूनु !

झापा, हाल  काठमाडौं

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
विदेशको लोकतन्त्र के तन्त्र ? नेपालको लोकतन्त्र पो तन्त्र ।

विदेशको लोकतन्त्र के तन्त्र...

शम्भु जमरकट्टेल हेदाङ्ने
गुट

गुट

प्रेमदत्त कलाैनी
मतिभ्रष्ट को भयो ?

मतिभ्रष्ट को भयो ?

दुर्गा रिमाल अधिकारी
जन्मे फेरि मुसा

जन्मे फेरि मुसा

बिन्दु दहाल ‘मूकदर्शक’