साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म बिक्न बाध्य भएँ

Nepal Telecom ad

यतिखेर म बिलखबन्दमा परेको छु
जताततै भागबन्डै भागबन्डा देखेर
पद र पैसा त भागबन्डा गरेगरे
तर
अब त देश नै भागबन्डा गर्ने हुन् कि भन्ने
पिरले म पिरोलिएको छु
यिनका चतिर्कला देख्दा
यसो नगर्लान् कि भन्न पनि सकिन्न
त्यसैले
म वाक्क भइसकेँ प्रभु !
सायद भीमसेन थापा पनि
यसरी नै वाक्क भएका थिए होला
उनले आफ्नो स्वाभिमान बेचेनन्
बरु आत्महत्याको बाटो रोजे
मैले पनि त्यसो गर्न नसोचेको होइन
तर परिस्थितिले मैले त्यसो गर्न सकिन
साथीभाइ इष्टमित्रका अगि
नकमाउने पत्रुमा गनिएँ
निकै प्रयत्न गर्दा पनि केही लागेन
बाँच्नै नसक्ने अवस्था भयो
त्यसैले म आफ्नो स्वाभिमान
बेच्न बाध्य भएँ
मलाई माफ गरिदेऊ आमा
मैले तिम्रो रक्षा गर्न सकिन
परिस्थितिले म बिक्न बाध्य भएँ ।

‘समकालिन साहित्य डटकम’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिंहको हुङ्कार

सिंहको हुङ्कार

डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x