साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शीर्षस्थ रौँ

Nepal Telecom ad

निधारदेखि गर्दनसम्म, कानको सीमा कन्चटसम्म
यति चार किल्ला जति रौँ आउँछ, नाम कपाल भनि कहलाउँछ
शरीरमा बिचरा अरु रौँ पनि छन्, कपाल सामु छैन सरि छन्
रौँ नै हो तर उच्चासनमा, बसेपछि सबको ध्यान कपालमा ।

उठी बिहानै पहिलो काम, यहि रौँलाई हातले छाम
धोई पखाली गर चाकडी, यसकै लागि ऐना अगाडि
यसरी मिलाउँ कि उसरी मिलाउँ ? यसलाई राम्रो कसरी बनाउँ ?
काइयो लाउ सुम–सुम्याउँ, तेल–पानीको मालिस लाउँ ।

दिन भरि जे जे काम गरिन्छ, कामै रोकी पनि छामिन्छ
केहि काम छैन जाबो रौँ यो, तैपनि चाकडी गरि रहिन्छ
यसकै चाकडी गर्ने पेशा, हजाम उता छ तयार हमेशा
अरु शरीरका काम लाग्ने रौँ, लुके नसकी हेर्न तमासा ।

थरिथरिका तेल, थरिथरि काइँयो थरिथरि ऐना हेर्नै चाहियो
अरु रौँ लुक्दा गुम्सी गन्हाउँछन्, कपाललाई बासना चाहियो !
यत्रो चाकडी गरि गरि पाल्दा, कति झोंक चल्ला त्यही रौँ झर्दा ?
जत्ति चाकडी कपाल पाउँछ, त्यै कपाल चैं झर्न सुहाउँछ ?

बिचरा दाह्री कति ज्ञानी छ ! जति काटे पनि आइरहन्छ
शीर्शस्थ भन्दा ऊ तलको छ, सधैं उम्रनु उसको बल छ
अरु बिचरा रौँ आआफ्नो ठाउँ, बेवास्ता सही बसी रहन्छन्
बैगुनी चुत्थो मात्या कपाल, चाकडी खाँदै झर्दै जान्छन् ।

न काइँयो, न तेल, न ऐना, न मालिस छ, वास्तै छैन
तैपनि अरु रौँ बसि रहन्छन, जीवन लिला नसकेसम्म
शीर्षस्थ यो बैगुनी रौँ ? झर्छ जान्छ केही नभनी
तैपनि किन हो मानिस मूर्ख, शीर्षस्थकै गर्छ चाकडी !

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x