साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्दैन केही यहाँ

Nepal Telecom ad

राणाशासन जो थियो मुलुकमा मान्छौं नराम्ररो थियो
भाँडाशासन आज जो छ यसले के मात्र राम्रो दियो ?
छाना नै चुहिने भए घर जसै पानी पसी ढल्दछ
नेता नै जब बिग्रिए अनि उसै यो देश के चल्दछ ।।

नेता जत्ति बडो छ उत्ति बढिया रक्सी नभै हुन्न रे
नेपाली मदिरा पिए त उसको बेइज्जतै हुन्छ रे
रक्सी बोतलकै सयौं डलरको चाहिन्छ नेताकन
बाँकी खर्च म के भनूँ बिलकुलै अन्दाज नै सक्तिन ।।

तिम्रा ती जिजुबा तथा हजुरबा के भन्नु तिन्को मति
साथी छान्न पुगे विचार नपुगी के मूढधी दुर्मति
आफ्नो चित्त भएर शुद्ध कहिल्यै पुग्दैन साथी पनि
राम्रा छान्न सकेन ता यदि भने दुर्नाम आफ्नो हुने ।।

उन्को जीवन ता गयो अब तिनै साथी भए वारिसे
रत्ती छैन विचार हे शिव भयो यो देश बेवारिसे
ब्यापारीगण ठोक्छ मादल बने नाच्ने सबै हाकिम
पैसाले किनियो मनुष्य चिनियो बिक्री भयो हैकम ।।

राजा आज अलग्ग छन् चुप बसी मानौं शिला देवता (राजा छँदै लेखिएको)
रोऊ वा कि त हाँस मौन किन छन् देवी तथा देवता
हामी धार्मिक देशका जनहरू अद्यापि दिन्छौं वलि
हाल्नै छोड्नु प¥यो कि भूपति भनी दिन्छौं सधैं जो वलि ।। (आखिर त्यही भयो)

बेपारी पनि छन् विदेशतिरकै धेरै यहाँका धनी
गर्छन् शोषण मात्र देश जनता बिर्ता किनेझैं गनी
कच्चा माल विदेशकै कल तथा ज्यामी विदेशी भए
नेपाली जनता चुसिन्छ धनका पोका विदेशै गए ।।

नेतावर्ग रहुन् कि हाकिम ठुला पैसातिरै दृष्टि छ
भर्दैछन् ढुकुटी निरन्तर जुटी अन्धेरको सृष्टि छ
गर्छन् कागतमा विशाल रचना हुन्छन् निकासा पनि
पूरा फाइल हुन्छ टन्न बगली मर्दैन माखो पनि ।।

नेपाली जनता गरीब छ भनी चर्चा गरी विश्वमा
भोका पेट र वस्त्रहीन जिउका रेखा भरी चित्रमा
झोली थाप्नु छ एक पौरख हरे लाजै हरायो कता
भिक्षा जो जति धेर माग्दछ उही ठूलो छ कस्तो व्यथा ।।

दाता देशहरू गरीब बिचरा भन्दै दया गर्दछन्
सक्तो दान गरेर हुन्छ कि भनी सद्भावना छर्दछन्
आयो दान भनिन्छ किन्तु कसले के गर्छ खै बीचमा
जस्तो हाल थियो उही अझ रह्यो बन्दैन केही यहाँ ।।

‘बहिनीलाई सन्देश’बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
डलरको बिरुवा

डलरको बिरुवा

रमेश खकुरेल
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
टीचर

टीचर

रमेश खकुरेल
दल खल्बलको

दल खल्बलको

रमेश खकुरेल
काे दामी काे हरामी ?

काे दामी काे हरामी...

खगेन्द्र नेउपाने
गोरी तिमी सक्कली

गोरी तिमी सक्कली

हेम अधिकारी
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x