साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सङ्केत !

Nepal Telecom ad

मन लागेर के गर्नु चन्द्रमा दाहिने नहोस्
तिर्खा लागेर झम्टेमा पानीमा कमिलो परोस् ।
सताओस् भिडमा फेरि लुताले भित्रभित्र नै
सम्झिए हुन्छ है चाँडो प्रगति लम्किएछ नै ।।

कागले कोटमा पिच्च सभामा अतिथि हुँदा
धरर्र उध्रियोस् यौटै महँगो गतिलो लुगा ।
प्रतिष्ठा नै गुमाएर नामको चाहिने कुरा
छुटेर लाज मर्दो होस् सोचियोस् नजिकै छुरा ।।

पुराना इष्टमित्रैका बिस्तारै मुख बन्द हुन्
नयाँ खरानी घस्नेले चिल्लो चाप्लो घसिरहून् ।
मक्ख पारेर घेरामा जहिलै चाकडी गरून्
कुरा बुझे भयो आफै पछिल्ला दिन कोरियून् ।।

अरूका लागि खाल्डामा आफू नै झुक्कियोस् अनि
कुरा काट्न नथाल्दैमा उही होस् अतिथि पनि ।
जुत्ता फाटेर अर्काले गिज्याओस् पार्टीमा कतै
शङ्कालु दृष्टिमा आफैं परे सम्झनु व्यर्थ नै ।।

पत्यायो स्यालले जस्तै भन्दै गर्व बढिरहोस्
न्यानो केको नबुझ्दैमा फुर्किंदै काल अन्त्य होस् ।
निर्विकल्प म नै भन्ने भ्रममा परियोस् सधैं
बुझे हुन्छ उही दृष्टि दोषले बिग्रियो सबै ।।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे !

मान्छे !

लेख निरौला
प्लिज सर !

प्लिज सर !

लेख निरौला
मैले हारेँ

मैले हारेँ

लेख निरौला
अरू को छ र !

अरू को छ र...

लेख निरौला
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x