साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रोगी भएँ….

Nepal Telecom ad

रोगी भएँ लाग्छ थकाइ, काम गरेर आएपछि
खान मनै लाग्न छोड्यो, टन्न पेट अघाएपछि ।

टाउको साह्रो नरम छ पेट, के भाको हो डरै लाग्छ
केही थाहै पाउँन्न खै, मस्तले निदाएपछि ।

जन्मजातै अपाङ्ग छु, छेद् परेर नाककान,मुख
राती आँखा देख्दिन म, बत्तीलाई निभाएपछि ।

रिँगटानै लाग्छ कैले, शरीर कम्जोर भएछ कि?
सम्हालिनै गाह्रो पर्छ, नौ डबका खाएपछि ।

दुख्न छोड्यो कपाल काट्दा, रगत पनि आउँदैन
रोग पाल्दै बसेको छु डाक्टरै नपाएपछि ।
साकोनारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
हुँदैन कल्याण  जरा नफाली

हुँदैन कल्याण  जरा नफाली

पुरूषाेत्तम सिग्देल
केहि फरक पर्दैन

केहि फरक पर्दैन

सुदन लुइटेल
गजल फित्कौली

गजल फित्कौली

होम सुवेदी
मलाई पनि मिलाईदेऊ…

मलाई पनि मिलाईदेऊ…

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x