साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आऊ नेता तिमी आऊ

Nepal Telecom ad

आऊ नेता तिमी आऊ
चुनाव लाग्यो गाउँमै आऊ

परारको चुनावमा त हाम्रो पछिपछि लागेर झुन्डिन्थ्यौ,
यो वर्ष पनि आऊ, अरु बेला त किन मुन्टिन्थ्यौ ।
इतिहासदेखि नै नेताहरूको इज्जत बचाएका छौ,
चार वर्षभित्र नौ अर्ब भत्ता पचाएका छौ ।

गणतन्त्र मलाई भन्दा तिमीलाई बढी लाग्या छ,
चुनाव पनि मलाई भन्दा तिमीलाई नै बढी लाग्या छ ।
गाउँमा हिरोइन छैनन् तरुनीसित नाच तरुनीतिसै गाऊ,
आऊ नेता तिमी आऊ, चुनाव लाग्यो गाउँमा आऊ ।

बहुमत आए अन्नपात लुट,
बहुमत नआए जनतालाई कुट ।
तिमी सन्किएर आऊ या रन्किएर आऊ,
चम्किएर आऊ या फन्किएर आऊ,
आउन चाहिँ आऊ ।
गीत बजेझैँ घन्किएर आऊ,
छिटोछिटो आऊ तन्किएर आऊ,
आऊ नेता तिमी आऊ,
चुनाव लाग्यो गाउँमै आऊ ।

लोकतन्त्र ल्यायौ तिमीले गणतन्त्र ल्यायौ,
अब संविधान बनाऊ नत्र किन ल्यायौ ।
तिमी भ्रष्टाचार गर, अनि प्रगति गर्छाै,
डान्सबार, मसाजबाट छिटो भाग, नत्र पक्राउ पर्छाै ।

भोकमरीको गाँस खोस्यौ, सुकुम्बासीको बास खोस्यौ,
आफ्नो राता पासपोर्ट बेच्यौ, जनताको खोस्यौ ।
बजारभाउ बढाएर, आँसु खोस्यौ, परिश्रम खोस्यौ ।
कर्णालीको भोकमरी हेर्न पिलेन चढ्यौ,
झण्डै पिलेनबाटै तिमी खस्यौ ।

जतालाई लोप्पा खुवाऊ चन्दा उठाऊ,
आफू टन्न खाऊ भुँडी फुटाऊ,
आउ नेता तिमी आऊ,
चुनाव लाग्यो गाउँमै आऊ ।

बाह्रखरी पढ्न स्कुल जाऊ,
एसएलसी दिन अरुलाई लगाऊ,
तिमी नै ठूलो, तिम्रै छ अधिकार यहाँ कसले के भन्छ ?
चार वर्षमा नौ अर्ब मात्रै सिधिएछ अरु थपिदिने मन छ ।
साहै दुःख ग¥यौ तिमीले तिम्रो मायाले तान्छ,
संविधान त बने बन्छ नबने तिम्रो के जान्छ ?
जनता नै अटेरी, जनता नै मूर्ख,
भत्ता पचाउन फेरि उतै फर्क ।

घुस खाऊ, हाजमोला खाऊ,
फेरि घुस खाऊ, फेरि हाजमोला खाऊ,
फेरी घुस खाऊ, हाजमोला खाऊ,
हाजमोला खाएरै घुस पचाऊ ।

चाहे कठपुतली भनुन्, चोह झुसेदारी भनुन्
चढाऊ छोरो सगरमाथा चाहे भ्रष्टाचारी भनुन् ।
देशकै निम्ति सात–आठ हजार बलिदान दिएकै छौँ,
अस्ति शान्तिको भाषण पनि गरेकै छौ ।
जनता सबै झुत्रेझाम्रे तिमी नै छौैै बलिया,
जनतानै हलिया जनतालाई नै लागोस् पोलिया ।

तिमी नै अख्तियारमा तिमी नै सरकारमा,
हामी बस्छौँ खोले खाई बरु ओडारमा,
तिमी क्रान्तिकारी, रगतको खोलो बगाऊ,
पाप पखाल्न चिम्टा बोकी बोलबम जाऊ ।
आऊ नेता तिमी आऊ
चुनाव लाग्यो गाउँमै लाऊ ।

मेरो एक भोटले तिमीलाई पाँच वर्ष भत्ता आउँछ
भोटमा ल्याप्चे लाउन त मलाई पनि आउँछ ।
मन्दिर, पुल र धारो चाहे बनाऊ, चाहे नबनाऊ,
ल्याप्चे लाउन हतार भाछ, छिटो चुनाव गराऊ ।
आउ नेता तिमी आऊ,
चुनाव लाग्यो गाउँमै आऊ ।

चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
आँधी

आँधी

मिश्र वैजयन्ती
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x