साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविजी कविता लेखौँ !!

Nepal Telecom ad

तस्करलाई नमस्कार गरौँ र नमस्कार लेखौँ
भ्रष्टलाई पुरस्कृत गरौँ र पुरस्कार लेखौँ
चोरीचकारी त राष्ट्रिय संस्कृति हो
शिर झुकाएर, नतमस्तक भै सगर्व दुराचार लेखौँ
सुविचार लेख्ने मूख्र्याईं छोडेर कुविचार लेखौँ
मामको कविता पनि कुनै कविता हो र
मन फुकाएर नामको कविता लेखौँ
घामको पनि कुनै काम छैन कविजी
दिल खोलेर अब त दामको कविता लेखौँ ।
मुखको के मान्यता छ र हिजोआज
छातिको पनि पछाडि ढाडको कविता लेखौँ
माडको होइन गलगाँडको कविता लेखौँ
ठस्ठस् गन्ध आउने जाँडको कविता लेखौँ
मुलुक मारेर साँढ चरिरहेको छ,
त्यो पनि भाँडमै जाओस् कविजी
सत्ताको निम्ति सती जाने राँडको कविता लेखौँ ।

बोली र व्यवहारमा सामञ्जस्यता ल्याउनै पर्दछ
मान्छे मार्ने गोलीको सम्मानमा कविता लेखौँ
‘भोलि भोलि’को प्रशंसामा कविता लेखौँ
चाकरी गरौँ र चाकरीको कविता लेखौँ
भोक होइन भकारीको कविता लेखौँ
घात अन्तर्घात र घाउ लेख्ने जमाना कहाँ छ र अहिले
बरु पाउ मोलौँ, पाउ मोल्दाको स्वाद लेखौँ
वाद र विवाद भन्दा ठूलो कुरो त अर्कै छ कविजी
ठूलाबडाहरूको छाद र पादको कविता लेखौँ ।

लोकतन्त्रको मस्त मजा चाखिरहेको यो बेला
गुन्द्रीको होइन बरु पुलिङ्गी कानका मुन्द्रीको कविता लेखौँ
गजो बनाऔँ, बाजा बजाऔँ र बाजा लेखौँ
मेची वा महाकालीमा भाँजा हाल्ने कुरा बेमनासिव हो
बरु गाँजा खाऔँ र गाँजा लेखौँ
मुलुकमा जतिसुकै धाँजा फाटोस् कविजी
भद्रपुर पनि भारती भैयाकै खाजा हो भनेर लेखौँ
केको पानी आधा–आधा ? यस्तो साझा कविता लेखौँ ।
कविजी यस्तै सुन्दर कविता लेखौँ ।
कलङ्की, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x