साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आगे कमरेडको जो विचार

Nepal Telecom ad

कमरेड प्रचण्डको मुड  फ्रेस भएको मौका छोपेर एकान्तमा बाबुरामले फकाउनुसम्म फकाएछन् । \’हामी त उहिल्यैदेखिका साथी । कहिल्यै कुनै झै-झगडा र मनमुटाव नगरी नेपाली क्रान्तिलाई यहाँसम्म ल्याएर संसारको ध्यान तान्न सफल जोडी । तपाईं अझ माथि, क्रान्ति नायक । अबको तपाईंको गन्तव्य राष्ट्रपति हुनुपर्छ । सानातिना कुरामा अल्झिएर बस्नुहुँदैन ।\’ इत्यादि भनेर हौस्याएछन् । प्रचण्ड हसक्क हौसिएपछि बाबुरामले अड्को थापेछन्, \’सँगसँगै काम गरेको अढाई दशकमा आजसम्म मैले तपाईंसँग केही मागेको थिइनँ, पहिलोपटक माग्दै छु, नाइँ नभन्नुहोला ।\’ प्रचण्डले दंग पर्दै भनेछन्, \’माग्नुहोस्, म जे मागे पनि दिन तयार छु ।\’

\’यो एक बारको जुनीमा एकपटक पार्टी अध्यक्ष हुने उत्कट चाहना छ, त्यो पाउँ ।\’ बाबुरामले ठूलो आँट गरेर भनेछन् र प्रचण्डको मुखतिर टुलुटुलु हेर्न थालेछन् । बाबुरामलाई लागेको थियो, प्रचण्ड अब जंगिन्छन् । यिनलाई भाउन्न हुन्छ । कान राताराता पार्छन् र जुरुक्क उठेर फन्किँदै हिँडछन् । तर, अचम्म ! त्यस्तो केही नभएर उनी त बडो भावुक मुद्रामा पो प्रकट भएछन् । उनका आँखा रसाएछन् । गला अवरुद्ध भएर बोल्न नसकेपछि उनले बाबुरामका हात सुमसुम्याएछन् । काँधमा धाप मारेछन् र नबोली बैठकतिर लागेछन् ।

त्यो घटना भएको केही छिनमै सञ्चारमाध्यहरूमा एउटा अपत्यारिलो समाचार आइहाल्यो, \’प्रचण्ड नेतृत्व हस्तान्तरण गर्न तयार ।\’ धमाधम बाबुरामका अन्तर्वार्ताहरू निस्कन थाले । \’आगामी महाधिवेशनपछि आफू अध्यक्ष हुने, अध्यक्ष भए पनि प्रचण्डलाई सम्मानका साथ कुनै ठूलै पद दिने, उनलाई कामको जिम्मेवारी पनि दिने\’ इत्यादि बाबुरामका भनाइ बाहिर आए । हेर्दाहेर्दै सञ्चारमाध्यममा बाबुराम दिने र प्रचण्ड लिने अवस्थामा देखा परे ।

यो समाचारले हामी प्रचण्डप्रेमीहरू निराश भएका छौँ कमरेड । तपाइर्ंले छँदाखाँदाको पद छाड्ने संकेत गरेर आफ्ना खुट्टामा आफैँले बन्चरो हान्ने काम गर्नुभएको हाम्र्रो ठहर छ । बाबुरामका हातमा अध्यक्ष पद गयो भने तिनले बिताउँछन् । प्रधानमन्त्री हुँदा सडक विस्तारको एउटै कामले त्यत्रो लोकपि्रय भए । शक्तिमा पुगे र केही काम पनि गर्न भ्याए भने त यिनका पछि धेरै मान्छे लाग्न सक्छन् । यिनले तपाइर्ंको व्यक्तित्वलाई माटोमा मिलाउँछन् । यिनलाई अध्यक्ष पद छाड्नुहुन्न कमरेड ।

एउटा कुरामा ध्यान दिनुहोला । उनी उहिल्यैदेखि दोस्रो नभएका मान्छे हुन् । बुद्धिमा उनी तपाईंभन्दा पहिलो छन् । काममा पहिलो छन् । पढाइमा पहिलो छन् । उपाधिमा, लोकपि्रयतामा, सिर्जनशीलतामा र विद्वतामा पनि पहिलो छन् । पदमा मात्रै दोस्रो हुन् । यही एउटा कुरामा तपाईंले उनलाई जित्नुभएको छ, त्यो पनि उनैलाई जिम्मा दिएपछि तपाईसँग केचाहिँ बाँकी रहन्छ ? त्यसपछि दुनियाँले तपाईंलाई किन मान्छ ? तपाइर्ंलाई कसले गन्छ ? हामीले तपाइर्ंका वरिपरि किन परिक्रमा गरिराख्छौँ ? त्यसैले यो नेतृत्व हस्तान्तरणको कुरा बन्द गर्नूस् । हरिवंशको हरिबहादुरले जस्तै \’के हो नेतृत्व हस्तान्तरण ? किन गर्नु नेतृत्व हस्तान्तरण ? मैले कहिले भनेँ नेतृत्व हस्तान्तरण ?\’ भनेर तिनलाई आजित बनाइदिनूस्, धरधरी रुवाइदिनूस् । हामी पनि तपाईं नै चाहिन्छ भनेर हल्ला मच्चाऔँला । केन्द्रीय कार्यालयमा धर्ना बसौँला । यो जुनीका लागि त्यो पद केवल तपाइँकाे हुनुपर्छ । आगे कमरेडको जो विचार !
नेपाल साप्ताहिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x