साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परिहास

Nepal Telecom ad

मुरली सुन्ने इच्छा तिम्रो ?
म पनि बजाउन सक्छु राम्रो !
भन जप्छौ किन काला कृष्ण ?
छंदैछु सुन्दर उत्तम कृष्ण !

मीरा झैं पछि भागेको किन ?
अप्राप्तिको पछि लागेको किन ?
चित्र र मूर्तिमा अब ती कृष्ण
जिउँदो बरु मै उत्तमकृष्ण !

नित्य हजारौँ गोपिनीसँग
रच्दथे जसले लीलारङ्ग
हरजाइ ती नटुवा कृष्ण
एकनिष्ठ मै उत्तमकृष्ण !

तनकै काला मनकै काला
इज्जत हर्ने तिनी गोठाला
वन्धु–रक्तका रमिते कृष्ण
युद्धविरोधी म उत्तमकृष्ण !

नौनीचोर सधैं अधनङ्गा
नित्य जता पनि गर्थे दङ्गा
द्वापरका हुन् ती खलनायक !
तैपनि हाम्रा पूजालायक ?
दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माटाेका कुरा गराैँ

माटाेका कुरा गराैँ

उत्तमकृष्ण मजगैयाँ
मुखियाको पद खाली छ

मुखियाको पद खाली छ

उत्तमकृष्ण मजगैयाँ
चक्रव्यूह !

चक्रव्यूह !

उत्तमकृष्ण मजगैयाँ
चुनाव आउँदै छ हजुर !

चुनाव आउँदै छ हजुर...

उत्तमकृष्ण मजगैयाँ
घुर्की

घुर्की

उत्तमकृष्ण मजगैयाँ
हास्य पात्र !

हास्य पात्र !

उत्तमकृष्ण मजगैयाँ
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x