पुरूषाेत्तम सिग्देलयमराज आफै ढल्छ एकदिन
तेलमात्र हैन अब पानी बल्छ एकदिन
कोसिस जारी राखीरहे पत्थर गल्छ एकदिन ।
विज्ञानलाई नै प्रकृतिले चुनौति दिएपछि
हेर्दै जानुस् सुक्या रुखमा फल फल्छ एकदिन ।
पृथ्वीमा नअटेर बसाई सरे मानव
चन्द्रमामा पनि अब हावा चल्छ एकदिन ।
वैज्ञानिकलाई ज्योतिषीले यसो भन्दै थियो
तँलाई के था’ ? त्यो सूर्यकै फ्यूज जल्छ एकदिन ।
नेपालीको आतङ्कले यति काँत्तर भा’छ
बन्दुक देख्दै त्यो यमराज आफै ढल्छ एकदिन ।
भारपा– ८, पाँचथर
Subscribe
Login
0 Comments
Oldest






































