साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अक्षरको सुवास

Nepal Telecom ad

माघ १७, ०७१ कलङ्की, काठमाडौं । राजधानीको पश्चिम भेगमा हरेक महिनाको तेस्रो शनिबार साहित्य सिर्जना प्रस्तुत गर्ने चाँजो मिलाउँदै आएको कलङ्कीको साहित्यिक संस्था अनुपम सिर्जना प्रतिष्ठान नेपालले आफ्नो बत्तिसौँ साहित्यिक शृङ्खला आयोजना गरिरहँदा एड मार्क कलेजको प्रेक्षालय तालीले गुन्जयमान थियो । संस्थाका उपाध्यक्ष रमेश प्रसाद गौतमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथिका रूपमा मञ्चमा आसीन हुनुहुन्थ्यो महाकाव्यकार पुरुषोत्तम सिग्देल । संस्थाका साहित्य विभाग प्रमुख जगदीश्वर पोखरेलले स्वागत मन्तव्य व्यक्त गरी अतिथि स्रष्टाहरूलाई स्वागत गरेपछि कार्यक्रम औपचारिक रूपमा सुरु भएको थियो ।

स्रष्टाहरूले सिर्जना मार्फत मानवीय संवेदना र भावानुभूतिलाई कविता, गीत, गजल, मुक्तक, हाइकु लगायतका बहुविध विधाहरूमा पोख्नुभएको थियो । साहित्यको शाश्वत पक्ष पनि यही हो । कार्यक्रममा ऋषिराज जङ्गली, सूर्यकुमार पण्डित, डिल्लीप्रसाद मूलतिहुन, सूर्यवदना पण्डित, उदास कार्की, रुद्र अधिकारी, जसध्वज गुरुङ, भुवनहरि सिग्देल, रिता खतिवडा (रिजाल), विजयध्वज थापा, दुर्गा रिमाल (अधिकारी), प्रभा बराल, कमला रिसाल ‘ज्योति’, जगदीश्वर पोखरेल, प्रदीप अधिकारी, रियाज पौडेल, प्रकाश अधिकारी, सहयोगी रविन, गोविन्द लामिछाने, मेदिनीकुमार केवल, पूर्णबहादुर अधिकारी, रमेशप्रसाद गौतम, पुरुषोत्तम सिग्देल, ठाकुर शर्मा, विनुबाबा घिमिरे, रामशरण खड्का, शान्ता पराजुली, मञ्जुल श्रेष्ठ, रामचन्द्र वनबासी, रोशनी भण्डारी, विनोद कोइराला, डा. जीवन अधिकारी, भाग्यशाली अधिकारी, भगवती रोका भूमिका, लगायतका स्रष्टाले आफ्ना साहित्यिक सिर्जना प्रस्तुत गर्नुभएको थियो ।

प्रमुख अतिथि महाकाव्यकार पुरुषोत्तम सिग्देलले अनुपम नामजस्तै अनुपम रहेको सन्दर्भ उल्लेख गर्दै कार्यक्रममा सबै किसिमका सिर्जना वाचन गरिएको तथ्यमाथि बोल्नुभयो । विशेष अतिथि कवि ठाकुर शर्माले कार्यक्रममा वाचित रचनाहरूले समय सन्दर्भलाई निकै गहन रूपमा व्यक्त गरेको उल्लेख गर्दै आफ्नो कविता सिर्जना वाचन गर्नुभएको थियो । अन्य अतिथि स्रष्टाहरूले कार्यक्रमको निरन्तरताको कामना गर्नुभएको थियो । तीन घण्टासम्म चलेको कार्यक्रममा चार दर्जन सर्जकले प्रस्तुति दिनुभएको थियो । कार्यक्रम सञ्चालनमा संस्थाका सचिव जितु खड्का हुनुहुन्थ्यो ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x