साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भाले

Nepal Telecom ad

प्रिय,
मलाई नबोलाऊ यतिबेला,
म उठ्न सक्दिन,
किनकि म उठ्नको लागि,
मेरो साङ्केतिक भाले बासेको छैन ।
घाम लागोस् डाँडाभरि,
बिस्कुन सुकून् आँगनभरि,
खुला आकाशका कोइली र भँगेराहरू त के,
म जस्तै दुईखुट्टे जीवहरू पनि,
उठून्, गाऊन् र नाचून् आँगनै भरि ।
तर,
म उठ्न सक्दिन अहिले,
किनकि मेरो भाले बासेको छैन अझै,
मेरो अलार्म जागेको छैन अझै,
मेरो अलार्मको ईच्छा रमाएको छैन अझै ।
बाचा तोड्यो भन्ने लाग्ला, तिमीलाई
होइन मेरो प्रिय ?
बाचा तोड्यो भन्ने लाग्ला,
यस्तै मान्छौ भने पनि, मेरो प्रिय,
यो मान्ने छुट तिमीलाई छ,
मानी राख,
कम्तीमा तिम्रो सोच्ने हक खोस्न सक्दिन मैले ।
तिमीलाई लाग्न सक्ला,
तिम्रो जस्तै मेरो लागि पनि,
तगारा बिहीन खुला आकाशहरू छन्,
रूख, बुट्यान र खाल्टाखुल्टी बिहिन खुला चौरहररू छन्,
सपाट्, सफा, हरित र अकन्टक,
तै पनि म तिम्रो साथ हुन सकिन अहिले
त्यसैले त लाग्ला तिमीलाई,
मैले तिमीसँगको वाचा तोडेँ ।
सुन्छौ ?
सुन्छौ म कहाँ छु यतिखेर ?
हजारौँ साङ्लाहरू तोड्ने अभियानमा,
हातेमालो गर्दै जीवनकै बेपर्वाह लावा लस्करसँगै,
प्रकाशबिहिन सूर्यको विरूद्ध,
प्रकाशयुक्त सूर्यको पर्खाइमा,
एकाकार हुँदै,
सिङ्गै पृथ्वीलाई सँगै डोर्याउँदै,
मार्च गर्दाको खुसीमा छैन, प्रिय अहिले म ।
प … र
प … र क्षितिज पारि हेर्दै,
देखाउँथ्यौ धमिलो ज्योति,
रमाइन्थ्यो चकलेटसँगै बालक रमाए झैं,
अहा !
र, पथ्र्यौं लुटुपुटु,
गथ्र्यौं छुनुमुनु,
तिम्रो स्थुल आकृतिलाई,
सुमेरू मानेर,
टोलाइ रहन्थ्यौँ हेर्दै आकाशतिर
उज्यालोको पर्खाइमा ।
तर अहिले,
साटेर ती सारा खुसीका निमेषहरू,
साटेर ती तृष्णसँगै स्वाभिमानहरू,
नयाँ कलात्मक साङ्लाहररूसित,
सेतो जलप लगाइएका हजारौं डन्डीहरूसित,
घाम नदेखिँदै लागिसक्ने बादलहरूसित,
स्वतन्त्र बिचरणको उद्देश्यले खुला आकाशमा,
अनगिन्ती बिजुलीका तारहरू जोडेर,
हजारौं टेराबाइट्स् ध्वनिहरूको सञ्जालसँग,
म मेरो खुसी साटफेर गर्दै,
मेरो प्रिय, म आनन्द मनाइरहेछु,
आफैले बनाएका भालेहरूको सङ्केत पर्खदै,
सुन्दर अभेद्य डण्डीका पछ्यौरा भित्रबाट कान थापेर,
म मेरो उठ्ने समयको सङ्केत पर्खिरहेछु,
भालेको आदेश पर्खिरहेछु ।
प्रिय,
अँध्यारोमै,
सूर्योदय पहिले नै,
पत्पति पोल्ने,
ग्यास च्याम्बर बनाउने आफ्नै घरमा,
हक स्वीकारेर,
जानाजानी जञ्जीरहरूभित्र कैद स्वीकारेर,
उज्यालो ल्याइदिने भालेको पर्खाइमा,
मनमौजी बास्ने भालेको पर्खाइमा,
मैले मेरो खुसी साटेको छु,
मैले मेरो स्वाधिनता साटेको छु ।
मलाई नबोलाऊ यतिबेला,
म उठ्न सक्दिन,
लाखौं भुईं मानवलाई ढाल बनाएर
आफ्नै शिखरको सपनामा
क्षत विक्षत आमाको कङ्कालमाथि नृत्य गर्न लालायित भालेहरू !
कहाली लाग्दो भोलिको त्रासले
त्रस्त यो मुटु थिच्दै
गुडुल्किएको छु यो ग्यास च्याम्बरभित्र
त्यसैले म उठ्न सक्दिन
किनकि म उठ्नको लागि,
मेरो साङ्केतिक भाले बासेको छैन
मेरो हृदयको भाले बासेको छैन ।
२०७१ माघ ३ गते, भरतपुर– ७, चितवन

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
राहत

राहत

टीकाराम रेग्मी
जुत्ता

जुत्ता

टीकाराम रेग्मी
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x