साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘विपर्यास’ लोकार्पण कार्यक्रम

Nepal Telecom ad

चितवन, २०७१ माघ १७ । टीकाराम रेग्मी लिखित तथा ‘अक्षर समूह चितवन’ द्वारा प्रकाशित लघुकथा सङ्ग्रह ‘विपर्यास’को यहाँ लोकार्पण कार्यक्रम सम्पन्न भएको छ ।

समालोचक लक्ष्मणप्रसाद गौतम प्रमुख अतिथि, सम्मानित विशिष्ठ अतिथिहरू लघुकथा समाजका अध्यक्ष श्री ओम श्रेष्ठ ‘रोदन’, वरिष्ठ कवि निर्माेही व्यास, चितवनका साहित्यिक आदरणीय अग्ररज प्रेम विनोद ‘नन्दन्’को उपस्थिति रहेको यो कार्यक्रमको अध्यक्षता समूहका अध्यक्ष एवम् युवा कवि भूपिनले गर्नु भएको थियो भने सञ्चालन समूहका सचिव सुमनराज श्रेष्ठले गर्नु भएको थियो ।

संस्थाका सदस्य तथा साहित्य सङ्गम चितवनका अध्यक्ष द्वारिका नेपालको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नबीना चौलागाई, खेमलाल पहारी, बालकृष्ण थपलिया तथा राधा कोइरालाले एक एक तथा लेखकले तिन वटा गरी जम्मा सात लघुकथा वाचन गरिएको थियो । साहित्यकार कपिल अज्ञातले कृतिको विस्तृत विवेचना गर्नु भएको थियो भने प्रा. डा. हरिहर पौडेल, साहित्यकार इन्द्र रेग्मी, शिक्षाविद रमाकान्त सापकोटाले लघुकथा साहित्य आजको व्यस्त समाजको लागि अत्यन्त सार्थक रहेको कुरा व्यक्त गर्दै शुभकामना दिनु भयो । त्यसैगरी प्रमुख तथा विशिष्ट अतिथिहरूले कृतिमाथि प्रकाश पार्दै ‘लघु कथा’ के हो, के होइन ? जस्ता महत्वपूर्ण सवालहरूमाथि विस्तृत रूपमा प्रकाश पार्नु भएको थियो ।

कार्यक्रममा चितवन स्थित अखवार, रेडियो तथा टिभी च्यानलहरूको राम्रो उपस्थिति रहेको तथा सबै सञ्चार माध्यमले महत्वका साथ प्रसारण गरेका थिए ।

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x