चट्याङ मास्टरके हो ?
काठमान्डूमा पिच सडक बढार्न थाले
मोदी आउने भएछन् कि के हो ?
सहरको सफाई त ठ्याम्मै रोकिएछ फेरि !
मोदी गईसकेछन् कि के हो ?
काठमान्डूको सडकमा पिच माथि पिच थप्नथाले
आथिर्क वर्ष सकिन लागेछ कि के हो ?
काठमाण्डुको सडकमा बालुवा गिट्टी र माटो थुपार्न लागे
वार्षा शुरु हुनै लागेछ कि के हो ?
केही नेताहरू संसद छोडेर फेरि जनआन्दोलन गर्ने भन्न थाले
मुक्ति टावरहरू थपिने भए छन् कि के हो ?
खाना पकाउने ग्यास पाइन छोड्यो आजभोलि
फेरि केही नेता–कर्मचारीले काठमाण्डूमा महल ठड्याउने भएछन् कि के हो ?
प्रधानमन्त्री फेरि संविधान चाँडै आउँछ भन्न थाले
जिब्रो जँचाउन फेरि अमेरिका जानुपर्ने बेला भए छ कि के हो ?
नागरिक समाजको बोली पनि सुनिन छोड्यो आजभोलि
विदेशीले ब्ल्याङ्कचेक काट्न छोडेछन् कि के हो ?
जस्तो रोप्यो त्यस्तै फल्छ भन्छन्
भोट हाल्दै जनताले कैफियत गरेछन् कि के हो ?
नेतालाई सप्पैले चोर फटाहा भन्न थाले
ठुलो राजनीतिक उपलब्धि भनेको यही हो कि के हो ?
उहिले पेट्रोल–ग्यास नपाउँदा
“राजा चोर, देश छोड” नारा लगाइन्थ्यो
अहिले पेट्रोल–ग्यास नपाउँदा
“नेता चोर, क्यै नछोड” को नारा लगाउनु पर्यो कि के हो ?
बत्तिसपुतली, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































