साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नयाँ सिमाना

Nepal Telecom ad

(नेपाल प्रज्ञा प्रतिष्ठानले ०७१ माघ २६ आयोजना गरेको राष्ट्रिय कविता महाेत्सवमा प्रथम पुरस्कार प्राप्त)

ओ महाशय !
तिमीले कसरी भन्यौ ?
मेरा खाली पैतला हेरेर
मेरा पैतलाको धुलो यो देशको होइन !

कसरी भन्यौ ? मेरो होइन भनेर
पसिनाले भिजेको टोपी
ठाउँ ठाउँमा टालेको भोटो
सधैँ देश दुखिरहने यो छाती
हिमाल पग्लिरहने यी नयनहरू
र कसरी भन्यौ ? –मेरो होइन भनेर
हरेक रात हिमालतिर यात्रा गर्ने
मेरो देशको सिमाना

यसरी तिमीले
मेरो स्वाभिमानमा धावा बोलेको दिन
आज म सम्झिरहेछु
तिमीसँगका
आधा रङ्ग पोतिएको क्यानभास जस्ता
अधुरा सम्झनाहरू
र पढिरहेछु तिम्रो विगत र वर्तमानको
असरी अनुहार

सायद तिमीले– कहीँ कतै सुनेनछौ
मेरा पुर्खाको वीरताको कथा
पढेनछौ– गौतम बुद्ध, भृकुटी र
देशको सुरक्षा खातिर उभिएका
हिमालहरूको इतिहास

तिमीलाई लाग्यो होला
आफ्नै आँगनमा शरणार्थी बनेको देखेर
विक्रीमा राखेको छु इमान
लिलाममा चढाएको छु स्वाभिमान
तर महाशय !
यतिवेला म
तिमीलाई जवाफ दिन
वर्षौं अघि बाजेले रोपेको बर
र बुवाले चिनेको चौतारोमा बसेर
कोरिरहेछु देशको नयाँ सिमाना र
लेखिरहेछु मेरो देशको
लेख्न बाँकी इतिहास !

(नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महाेत्सवकाे अडियाे रेकर्डबाट अक्षराङ्कन)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x