सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

नयाँ सिमाना

Nepal Telecom ad

(नेपाल प्रज्ञा प्रतिष्ठानले ०७१ माघ २६ आयोजना गरेको राष्ट्रिय कविता महाेत्सवमा प्रथम पुरस्कार प्राप्त)

ओ महाशय !
तिमीले कसरी भन्यौ ?
मेरा खाली पैतला हेरेर
मेरा पैतलाको धुलो यो देशको होइन !

कसरी भन्यौ ? मेरो होइन भनेर
पसिनाले भिजेको टोपी
ठाउँ ठाउँमा टालेको भोटो
सधैँ देश दुखिरहने यो छाती
हिमाल पग्लिरहने यी नयनहरू
र कसरी भन्यौ ? –मेरो होइन भनेर
हरेक रात हिमालतिर यात्रा गर्ने
मेरो देशको सिमाना

यसरी तिमीले
मेरो स्वाभिमानमा धावा बोलेको दिन
आज म सम्झिरहेछु
तिमीसँगका
आधा रङ्ग पोतिएको क्यानभास जस्ता
अधुरा सम्झनाहरू
र पढिरहेछु तिम्रो विगत र वर्तमानको
असरी अनुहार

सायद तिमीले– कहीँ कतै सुनेनछौ
मेरा पुर्खाको वीरताको कथा
पढेनछौ– गौतम बुद्ध, भृकुटी र
देशको सुरक्षा खातिर उभिएका
हिमालहरूको इतिहास

तिमीलाई लाग्यो होला
आफ्नै आँगनमा शरणार्थी बनेको देखेर
विक्रीमा राखेको छु इमान
लिलाममा चढाएको छु स्वाभिमान
तर महाशय !
यतिवेला म
तिमीलाई जवाफ दिन
वर्षौं अघि बाजेले रोपेको बर
र बुवाले चिनेको चौतारोमा बसेर
कोरिरहेछु देशको नयाँ सिमाना र
लेखिरहेछु मेरो देशको
लेख्न बाँकी इतिहास !

(नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको राष्ट्रिय कविता महाेत्सवकाे अडियाे रेकर्डबाट अक्षराङ्कन)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
म मसिने चाेर

म मसिने चाेर

गाेपेन्द्रप्रसाद रिजाल
छिर्ने अरूका घर

छिर्ने अरूका घर

मुक्तिनाथ शर्मा
सिटामोल र बुद्ध

सिटामोल र बुद्ध

प्रमोद स्नेही