साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कविता महोत्सवमा एकलयात्री प्रथम

Nepal Telecom ad

काठमाडौं, २६ माघ । नेपाल प्रज्ञा प्रतिष्ठानले सोमबार आयोजना गरेको राष्ट्रिय कविता महोत्सवमा सुर्खेतका कवि एकल यात्रीको कविता ‘नयाँ सिमाना’ प्रथम भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठानको ५७ औं वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगितामा सहभागी २ सय ७६ कविका कवितालाई पछि पार्दै यात्री पहिलो भएका हुन् । उनले नगद २० हजार रुपैयाँ, पदक र प्रमाणपत्र पाउने छन् ।

यस्तै ओखलढुङ्गाका कवि चेतनाथ धमलाको ‘पाठशाला’ दोस्रो र काठमाडौंकै शशि पण्डितको ‘भ्रम, समय र न्याय’ शीर्षकका कविताले तृतीय स्थान प्राप्त गरेका छन् । गोरखाका नारायणप्रसाद पोखरेलको ‘संकल्प’ र लमजुङका हरिशरण परियारको ‘दुर्घटित सपनाहरू र गणतन्त्र’ कवितालाई पनि तेस्रो पुरस्कार दिइने भएको छ ।

प्रतियोगितामा विजयी कविहरूलाई राष्ट्रपति रामवरण यादवबाट समय लिएर पुरस्कार प्रदान गरिने कुरा काव्य विभाग प्रमुख प्राज्ञ अमर गिरी गिरीले जानकारी दिए ।

महोत्सवका लागि सार्बजनिक आह्वान गरेर देशभरबाट कविता सङ्कलन गरिएको थियो । प्रतिष्ठानलाई ५३ जिल्लाबाट प्राप्त २ सय ७६ कविता मध्येबाट ३२ कविका कविता समारोहमा वाचनका लागि छनौट गरिएको थियो ।

कार्यक्रममा अतिथि कविहरू निभा शाह, विश्व विमोहन श्रेष्ठ, अनिल पाडेल, प्रभा भट्टराई, उषा शेरचन, राम विनय, मित्रलाल पंज्ञानी, विष्णु भण्डारी, मणि लोहनी, नवराज लम्साल, अभय श्रेष्ठ, विप्लव ढकाल, टङ्क भट्टराई, फुलमान बल, रावत, रत्नमणि नेपाल, रामगोपाल आसुतोष, प्रतिसरा सायमी, चन्द्रवीर तुम्बापो, शकुन्तला जोशी, चन्द्र राना ओछा आफ्ना सिर्जना वाचन गरेका थिए ।

कुलपति गङ्गाप्रसाद उप्रेतीकाे अध्यक्षतामा  भएकाे समाराेहमा  सदस्य सचिव प्रा.डा. जीवेन्द्र देव गिरीले  स्वागत मन्तव्य दिएका थिए । प्रमुख अतिथि संस्कृति तथा पर्यटन मन्त्री दिपकचन्द्र अमात्यले पानसमा दीप प्रज्वलन गरी समारोहको समुद्घाटन गरेका थिए ।

उपकुलपति विष्णुविभु घिमिरे र प्राज्ञपरिषद सदस्य अमर गिरीले कविता महोत्सवको आयोजना सम्बन्धी जानकारी दिँदै मन्तव्य प्रस्तुत गरेपछि पूर्व कुलपति वैरागी काइँलाको कविता वाचनबाट कविता प्रस्तुतिको आरम्भ भएको थियो ।

गत असार ९ गते नै कविता महोत्सव हुनुपर्नेमा प्राज्ञ परिषद गठन नभएकोले ७ महिना ढिलो कविता प्रतियोगिता आयोजना गरिएको हो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x