साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रिय मातृभाषा कविता महोत्सव

Nepal Telecom ad

काठमाडौँ, फागुन ९ । अन्तर्राष्ट्रिय मातृभाषा दिवसका उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानको आयोजना र युनेस्को काठमाडौँको सहआयोजनमा मातृभाषा राष्ट्रिय कविता महोत्सव सम्पन्न भएको छ ।

प्रधानमन्त्री सुशील कोइरालाले समुद्घाटन गर्ने सुनिश्चित भए पनि उहाँको कार्यव्यस्तताका कारण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री दीपकचन्द्र अमात्यले पानसमा दीप प्रज्वलन गरी प्रज्ञा प्रेक्षालयमा समुद्घाटन गर्नुभयो ।

समुद्घाटन मन्तव्यका क्रममा मन्त्री अमात्यले मातृभाषाको विकास र संरक्षणमा यस्ता कार्यक्रमले उल्लेखनीय महत्व राख्ने, भाषिक मात्र होइन सांस्कृतिक समृद्धिमा पनि उत्तिकै भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु भयो ।

समारोहका विशिष्ट अतिथि पूर्वकुलपति वैरागी काइँलाले नेपालमा बोलिने धेरै भाषा लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै यसरी भाषालाई लोप हुनबाट रोक्न र मर्न नदिई आयु थप्ने प्रयत्नका लागि प्रज्ञा प्रतिष्ठान अग्रसर रहेकोमा धन्यवाद दिनु भयो । उहाँले भाषा बचाउनु भनेको हाम्रो सम्पदा बचाउनु हो, राज्य चिन्तित हुनु पर्ने हो भन्दै यस कविता महोत्सबले राज्यको ध्यान आकर्षित गरेको बताउनु भयो ।

कुलपति गङ्गाप्रसाद उप्रेतीले कविता महोत्सवले बहुभाषिक देशको सुन्दर झल्को दिएको बताउँदै यसले मातृभाषामा प्रभावकारी कविता लेख्नेहरूलाई प्रोत्साहित गरिएको छ भन्नु भयो । मातृभाषाको साहित्यिक उन्नयनका निम्ति काम गर्ने प्रेरणा प्राप्त भएको चर्चा पनि उहाँले गर्नुभएको थियो ।

प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीको सभाध्यक्षतामा भएको समारोहमा उपकुलपति विष्णुविभु घिमिरे र मातृभाषा विभागका प्राज्ञ श्रवण मुकारूङले मातृभाषा कविता महोत्सवको औचित्यबारे बोल्नु भएको थियो ।

कविता महोत्सवमा अवधी, उर्दू, उराव, किसान, कुमाल, किरात कुलुङ, केवरत, खस, खालिङ, तमु, गुरूङ, घले, ताजपुरिया, डोट्याल, जिरेल, चाम्लिङ, थकाली ताजपुरिया, डोट्याल, जिरेल, खाम मगर, मगर काइकेइ, भोजपुरी, बाहिङ, बराम, बज्जिका, नेपाल, नाछिरिङ, धिमाल, दुरा, राई, दनुवार, थारु, थामी, हुम्ली, सुनुवार, साम्पाङ, वाङ्बुले, लिम्बु, राजवंशी, याख्या, मैथिल, मुगाल, मगही आदि मातृभाषा समुहका ४७ जना कविहरूले आ–आफ्ना मातृभाषामा रचना गरिएका कविता वाचन गरेका थिए ।

कविता वाचनको आरम्भमा मनु नेम्वाङको (लिम्बु भाषाको पालम गीतबाट भएको थियो भने अन्तमा ताम्बा समूहबाट तामाङ सेलो प्रस्तुत गरिएको थियो ।

कार्यक्रको अन्तमा कविता गीत र झाँकी प्रस्तुत गर्ने कवि एवम् कलाकारलाई प्रशंसापत्र प्रदान गरिएको थियो ।

मातृभाषामा कविता वाचन गर्ने कविहरू र भाषा समूह

१ हंशावती कुर्मी (अवधि भाषा)– सकल उदाश रहे
२ गुलाम मुस्तफा नुरी (उर्दू भाषा)– तारुख परिचय
३ वेचन उराव (उराव भाषा)– अभागी आलन
४ भीम किसान (किसान भाषा)– हमर भाषा हमर संस्कृति
५ बागवीर मुखिया (कुमाल भाषा)– पढाइ नही विकास हो
६ अजय अलङ्कार (किरात कुलुङ भाषा)– कोम….
७ रमेश केवरत (केवरत भाषा)– बचही स्वाभिमान
८ स्मृति अधिकारी (खस भाषा)– रोयाको मुन मेरो
९ गणेश कुमार राई (खालिङ भाषा)– रिछे लुङ्का…
१० अनिता तमु गुरूङ (तमु गुरूङ भाषा)– नै थायो संविधान
११ गणेशबहादुर घले (घले भाषा)– सोसर से शुभकामना
१२ लोचन ज्योति चाम्लिङ (चाम्लिङ भाषा)– आसे आले…
१३ टिका भक्त जिरेल (जिरेल भाषा)– बिमीकोल…..
१४ केपी अनमोल (डोट्याल भाषा)– भीमदत्त चाहिया
१५ तेजेन्द्र ताजपुरिया (ताजपुरिया भाषा)– टिकटिकिया रङ
१६ विना तामाङ (तामाङ भाषा)– किन्मा रङ..
१७ राजु स्याङतान (तामाङ भाषा)– च्याङ्बाला रहर
१८ रामबहादुर थकाली (तिनगाउँले थकाली भाषा)– खपु लुङ्ग्यो
१९ डम्बरबहादुर थामी (थामी भाषा)– आथाङ माराङ
२० बुनु चौधरी (पश्चिम थारु भाषा)– मै कुछ करके…
२१ गिता पञ्जियार थारु (पूर्वी थारु भाषा)– खोलाके रङ
२२ सञ्चाकुमारी दनुवार (दनुवार भाषा)–
२३ रुपेन्द्र राई (राई भाषा)– अङ्का
२४ कीर्तिकुमार राई (दुमी भाषा) –
२५ मुक्तिनाथ घिमिरे (दुरा भाषा)– मिरुली लाम्लो
२६ सोम चातेरा धिमाल (धिमाल भाषा)– धिसिङ
२७ प्रताप सिङ नाछिरिङ (नाछिरिङ भाषा)– उदक खलुदा
२८ काशीराम विरस (नेपाल भाषा)– न्याता….
२९ लक्ष्मी माली (नेपाल भाषा)– बा न छेन …
३० सन्तोलिया मुखिया (बज्जिका भाषा)– नारी जिन्नगी….
३१ किरण बराम (बराम भाषा)– लैखाङ
३२ शुक्र बान्तवा (बान्तवा भाषा)– खाना हिम्तामा..
३३ रेण्ुका वाहिङ राई (बाहिङ राई भाषा)– मेयम…
३४ उमाशङ्कर द्विबेदी (भोजपुरी भाषा)– देखिल नेपाल
३५ जगबहादुर बुढामगर (मगर काइकेइ भाषा)– च्या …
३६ बमकुमारी बुढामगर (खाम मगर भाषा)– मुख्य निम…
३७ हेमा आले मगर (मगर धुट भाषा)– आसेन….
३८ ककुलती कुमारी महतो (मगही भाषा)– अपन देश
३९ आङ्गे लामा (मुगाल भाषा)– डिमडुल
४० विमलादेवी (मैथिल भाषा)– लिख लैत चिठी
४१ इन्दिरा जिमी याख्या (याख्या भाषा)– लुवा खेम्बे
४२ दर्पण राजवंशी (राजवंशी भाषा)– चान सुर्जे…..
४३ अम्बर नेम्वाङ (लिम्बु भाषा)–
४४ झरना वाङबुले (वाङ्बुले)– उभौली
४५ नानुमती राई (साम्पाङ भाषा)– मन नखे
४६ शोभा सुनुवार (सुनुवार)– मुरु दाँगी
४७ लक्ष्मी ऐडी (हुम्ली)– उँचो सगरमाथा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x