साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहियो ! चाहियो !

Nepal Telecom ad

परीक्षा पास गर्न
विद्यार्थीलाई नम्बर चाहियो
जीवन चलाउन
ममजदुरलाई अम्बर चाहियो ।

अरू अरू पनि चाहिने कुरा धेरै छन्–
शिक्षकलाई भत्ता चाहियो
नेतालाई सत्ता चाहियो
जनतालाई ग्याँस चाहियो
कर्मचारीलाई घूस चाहियो
कुखुरा पाल्नेलाई भुस चाहियो ।

अन्तअरू त कुरै छाडौं–
पुलिस र आर्मीलाई तेल चाहियो
टाठाबाठालाई शेयर चाहियो
सरकारलाई कर चाहियो
बत्ति नदिए पनि प्राधिकरणलाई शुल्क चाहियो

नेटवर्क टिपोस् नटिपोस्
टेलिकमलाई महसुल चाहियो
जमाना बदलिएको छ
प्राय सबैलाई मात्ने झोल चाहियो
बजाउनै पर्छ बजाऊ
बजाउनलाई ढोल चाहियो ।

यो त पेलमपेलको आधुनिक युग हो
तर के गर्नु ? तेल पेल्न कोल चाहियो
मोल नभई के काम हुन्छ र हजुर
मोल भनेको नि पैसा नै हो
जे जसरी होस्– सबैलाई पैसै चाहियो
तर चाहियो भनेर कहाँ पाइयो ??
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
म नै हुन्न होला

म नै हुन्न होला

रमेश खकुरेल
कपट पखालेर आऊ

कपट पखालेर आऊ

डा. छायादत्त न्यौपाने ‘बगर’
नेपाललाई लुटे

नेपाललाई लुटे

बालकृष्ण खनाल
दाग किन देखाइस् भनी ऐना बदनाम छ

दाग किन देखाइस् भनी...

लक्ष्मण नेवटिया
प्रश्न गर्न मनाही छ…

प्रश्न गर्न मनाही छ…

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x