साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुम हल्लिने रोग

Nepal Telecom ad

कोही कसैले केही अनौठो काम वा क्रियाकलाप गरेमा भन्ने गरिन्छ के गर्नु र जवाना नै खराव छ । पहिलेको र अहिलेको जवानामा आकास पातालको अन्तर छ भनेर कुरा गर्ने मेलो बनाउनछन् । समय परिस्थिति अनुसार हरेक कुरामा स्वत स्पूmर्तरूपमा परिवर्तन हुदै जाँदो रहेछ । परिवर्तित अवस्थामा केवल हृदयले ममन गर्न सक्नु पर्दछ । पचाउन पनि सक्नु पर्दछ । यहि यसरी पचाउन सकिएन भने समयको जोक्कर बन्दो रहेछ । सबैको उपहासको पात्र बन्दो रहेछ । हाम्रा पिता पुर्खाले एक चक्की सिटामोल पनि खान त धेरै परको कुरा भयो देख्न पनि नपाईकन आफ्ना पूरा उमेर पार गरेर स्वर्गवास हुनुभयो । तर अहिले आमाको गर्भमा सृष्टिको सुरूवात हुदाँको दिनदेनि अनेकानेक औषधीको सेवन गर्न विवश छन् । अन्जानवस नै अवोध शिशुले धेरै भन्दा धेरै प्रकारका औषधी सेवन गरिसकेका हुन्छन् । नवजात शिशुको पौष्टिक आहाराको झण्डै झण्डै आधा हिस्सा त औषधीले ओगटेको हुन्छ । जसरी महिलालाई कम्तीमा पनि तेत्तीस प्रतिशत आरक्षण कोटा भनेर नेपालको कानूनमा भए पनि व्यवहारमा प्रयोग हुन सबै तातो पानी भने झै भएको छ ।

विकासले विनाश पनि निम्त्याउछ । यो ध्रुवसत्य कुरा हो । वर्तमान समयमा अनेकानेका विषादिको प्रयोग भएका खानेकुराहरूको प्रयोगले नयाँ नयाँ किसिमका रोगहरू थपिदो क्रम जारी छ । कतिलाई त अकालमा नै अनाहकमा स्वार्गवास पुर्याइसकेका छन् । अहिले थुप्रै नयाँ रोग मध्येको एउटा रोग हो कुम हल्लिने रोग । यो रोग वंशाणुगत रूपमा पनि सरको होइन । जो कोहीलाई यो रोग हत्तपत्त लाग्दैन । यो रोग लागेका रोगीले जति खाए पनि पचाउन सक्छ । चौरासी व्यञ्जन त के देशको नदीनाला, पहाड, पनि पचाइदिन सक्छ । आम नेपालीलाई डर, धाक र धम्की दिदै जवरजस्ती रूपमा असुलेको अरवौं रकम पनि सजिलै पचाउन सक्छ । आफ्नै पार्टीका अन्य सदस्यहरूले जतिसुकै उफ्रीपाफ्री गरे पनि रीसले डाडुमा पानी तताएर आत्महत्या गर्ने प्रयास गरेपनि कुनै प्रवाह छैन । कुम हल्लिने रोगीको खान्की ठूलो । सितिमिति मानिसलाई यो रोगले छुनै सक्दैन । रोग नै डराएर भाग्छ । जो सुरो छ । सभा सम्मलेनमा ठाउँ र परिस्थिति अनुसार छेपाराले रङ्ग फेरेको जस्तो गरी भाषणमा कुरा फेर्न सक्छन् । पछि गएर आपूmले भनेका सबै कुरा आफै विर्साउछन् । त्यस्ता महामहिमलाई यस रोगले आक्रान्त पार्दछ । ठूला ठूला सम्मेलनहरूमा वाह वाहको ताली पररर पड्किन थालेपछि झन् कुम हल्लिने रोगले च्याप्न थाल्दछ र कुम तल माथि तल माथि गरेर जोडतोडका साथ हल्लिन थाल्दछ । प्रतिपक्षका महामहिमहरूले अनेकानेक बखेडा झिकेर कुम हल्लिने रोगको उपचारमा न्वारानदेखिको बल लगाए । भएभरको बुद्धिको प्रयोग गरे आखिर सबै बालुवामा हालेको पानी सावित भयो । न कुनै न कुनै जुक्तिले कुम हल्लिने रोगको उपचार हुन्छ कि भनेर लाख प्रयत्न गरे झन् कुम हल्लिने रोग वीसको उन्नाइस हुनुको बदला एक्काइस हुदै बाइस तिरको बढ्यो । यो देखेर ती उपचारमा लागेका बैद्य डाक्टरहरू त तीन छक मात्र परेनन् कि तेह्र छक परेर हुनुसम्मको जिल खाए ।

कुम हल्लिने रोगीको रोगले उसलाई त पि¥यो पि¥यो । उसका आफन्तलाई हैरानी बनायो । आप्mना पार्टीका कार्यकर्ता नेताहरूलाई समेत पार्टी छोडेर नै जानुपर्ने वाध्यता बनायो । यो कुम हल्लिने रोग लागेपछि कोहीको पनि केही नलाग्ने । इन्द्रेको बाबु चन्द्रे आए पनि कुनै सीप नलाग्ने । भयानक रोग पो रहेछ । कुम हल्लिने रोगीको रोगका कारण मुलुकलाई खरवौं रकम स्वाहा भयो । हजारौं निर्दोष नेपाल आमाका सन्तानले अकालमा ज्यान गुमाउनु पन्यो । देश अग्रगमनको वदलामा सताव्दीयौं पछाडि धकेलियो । नेपाली जनताले दुई वर्षमा नयाँ संविधान पाउने आशा गरेका थिए । दुई वर्षमा त के चार वर्षसम्म पनि ती आशाहरू केवल सपनामा रूपान्तरण भए ।

कुम हल्लिने रोगीका कारण मुलुकको संक्रमणकालिन अवस्था लम्बिएको हो त ? के यस्ता कुम हल्लिने रोगीको उपचारको तरिका छैनन् त ? डाक्टर, बैद्य, राजनीतिज्ञ, मनोविज्ञ कसैले पनि उनको उपचार गर्न सक्दैनन् त ? यसको अन्तिम उपाय भनेको के हो त ? सबै बसेर छलफल गरियो । कि त कुम हल्लिने रोग उग्र रूपमा बढेर जाला कित निर्मुल नै होला भनेर उच्च जोखिमका साथ उपचारमा लागिपरे । यसको उपचार भनेको आम विज्ञ नेपालीहरू हुन् भनेर अरवौं खर्च गरेर दोस्रो संविधान सभाको निर्वाचनको घोषणा गरियो । उल्लेख्य रूपमा नेपालीहरू उपचारमा सरिक भए । फोटोसहितको परिचय पत्रका कारण विगत वर्षको भन्दा सही तौरतरिकाबाट उपचार भयो । आम नेपालीले बुझेका छन् । कुम हल्लिने रोग के कारणले लागेको हो भनेर । त्यसैलै उनीहरूले राम्रैसँग उपचार गरे । देशको ठूलो पार्टी भन्न पाउँदा पो कुम जोडजोडले हल्लिएको रहेछ । अहिले त तेस्रो ठूलो पार्टीमा खुम्चिनु पर्दा त के को कुम हल्लिनु नि । सबै उपचार भैगयो नि ।

कुम हल्लिने रोगको त उपचार भयो । अव आम नेपालीहरूले समयमा नै जनताको संविधान पाउलान् भनेको छ पुनः अर्को रोग पो लाग्न थाल्यो । कुम हल्लिने रोगको निर्मूल भयो । नयाँ रोग कुम हल्लिने भन्दा पनि डरलाग्दो रोग लागेको छ । त्यो रोग के होला भनेर तपाईले सहजै अनुमान लगाइसक्नु भयो होला । यदि लगाउनु भएको छैन भने एक पटक ठन्डा दिमागले सोच्नुहोस् त । उसलाई कुन रोग लाग्यो होला । उनको नयाँ रोगको नाम हो “घोसेमुन्टे रोग” । यो रोगले देश र जनतालाई कति पिर्ने हो ? समयले बताउला ।
मन्थली– १, रामेछाप 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x