साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन साहित्य यात्रामा नमुना शर्मा

Nepal Telecom ad

काठमाडौं, ०७१ चैत्र १३ । राष्ट्रिय जन सांस्कृतिक महासङ्घको सभाकक्षमा ‘अविरल जन साहित्य यात्रा–१३’ सम्पन्न भयो । तेरौँँ शृङ्खला विनोद मञ्जनले कार्यक्रमको सञ्चालन समारोहकी नायक वरिष्ठ प्रगतिवादी कवि, गीतकार तथा जन कलाकार चितवनकी नमुना शर्मालाई मञ्चमा आसन ग्रहण गराउनु भयो । शर्मालाई कविता वाचनमा सहयोग गर्ने कविहरू प्राज्ञ गायत्री विष्ट, प्राज्ञ सानु पहाडी, जयन्ती स्पन्दन, फुच्ची जमुना र कीर्ति देवकोटा हुनुहुन्थ्यो भने टिप्पणीकारका रूपमा प्राज्ञ नर्मदेश्वरी सत्याल हुनहुन्थ्यो ।

समारोहमा वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रित, नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव प्रा.डा.जीवेन्द्र देव गिरी, प्रा.केशव सुवेदी, नेपाल संस्कृत विश्व विद्यालयका रजिष्टार प्रा.जगत् उपाध्याय प्रेक्षित, राष्ट्रिय जनसांस्कृतिक महासङ्घका महासचिव राजेश थापा, जन साहित्यिक मञ्च नेपालका सल्लाहकारद्वय कवि वासुदेव अधिकारी र कथाकार सीताराम नेपाल, वरिष्ठ प्रगतिवादी गायक श्याम तमोट, जन कलाकार डम्बर पहाडी, महासङ्घका सचिव प्रेमनाथ अधिकारी अतिथिका रूपमा उपस्थित हुनु हुन्थ्यो ।

उपस्थित सबैलाई जन साहित्यिक मञ्च, नेपालका अध्यक्ष राम विनयले स्वागत गर्नु भयो । विशेष समारोहकी नायक नमुना शर्मालाई खादा तथा टीका लगाएर सम्मान गर्नु भयो । त्यसै गरी कविलाई साथ दिने कविहरूलाई पनि खादा तथा टीका लगाएर सम्मान गर्नु भयो ।

जन कलाकार नमुना शर्माको व्यक्तित्व तथा कृतित्वमाथि प्रकाश पार्दै जन साहित्यिक मञ्च, नेपालको काव्य विभागकी संयोजक डा.विन्दु शर्माले नेपाली साहित्यमा स्नातकोत्तर गरी शिक्षण पेसामा समर्पित नमुना शर्मा स्कुले जीवनदेखि नै साहित्य लेखनमा लागेको बताउनुभयो उहाँले शर्माको लेखनीमा माया, प्रेम, सद्भाव, सहअस्तित्व (नारी र पुरुषको) उल्लेख गर्दै प्रमुख रचनाधर्मितामा माक्र्सवादी सौन्दर्य शास्त्र, निम्न वर्गका जनताका दुखप्रति सहानुभूति आशावादी दृष्टिकोण रहेको धारणा राख्नु भयो ।

नमुना शर्माले समारोहमा ‘म ज्योति बनी आउँछु’, ‘कहिलेसम्म फुटि रहने हो ?’, ‘अझै हाम्रो हिउँचुली खुल्न बाँकी छ’, ‘गणतन्त्र नजाओस् अन्त’, ‘हिन्दू, बौद्ध, इस्लाम सबै नेपाली’, ‘मनको कुरा खोलौँ न (रोइला)’, र सात ओटा मुक्तक प्रस्तुत गर्नु । उहाँलाई साथ दिने कविहरू फुच्ची जमुनाले ‘म कवि होइन’ र ‘कालो बादल’ शीर्षकका दुई, गायत्री विष्टले ‘नयाँ सङ्कल्प’, सानु पहाडीले ‘म त बाटो बनि दिन्छु’, जयन्ती स्पन्दनले ‘जुलुसहरू’ र कीर्ति देवकोटाले ‘मेरो सेरोफेरो’ शीर्षकका कविता तथा गीत प्रस्तुत गर्नु भएको थियो ।

वाचित कवितामाथि प्राज्ञ नर्मदेश्वरी सत्यालले टिप्पणी गर्नु हुँदै कविताको मुख्य मर्म भनेको आस्वादन हो, त्यसमा पनि सशक्त गायनका साथ कविता गाउँदा त्यो उच्चकोटिको हुने बताउनु भयो । अभाव, आर्तनाद, शोषण कवितामा जीवन्त रूपमा प्र्रस्तुत भएको बताउँदै शर्माका कविताले निरङ्कुशतालाई चुनौती दिने काम गरेको उल्लेख गर्नु भयो ।

वरिष्ठ प्रगतिवादी साहित्यकार एवम् संस्कृतिविद् डा.मोदनाथ प्रश्रितले बाल्यकालदेखि नै मुलकुमा चलेका सबै खाले आन्दोलनमा नमुना शर्माले सशक्त भूमिका रहेको उल्लेख गर्नुभयो । उहाँले शर्माको लेखनमा शब्दमा कृत्रिमता नभएको, जनताका बिचमा बसेर तिनै जनता जगाउने सशक्त माध्यम गीति लयलाई टिपेर उनले साहित्य सिर्जना गरि रहेकी बताउनु भयो ।

राष्ट्रिय जन सांस्कृतिक महासङ्घका महासचिव राजेश थापाले शुभकामना दिनुभएको थियो भने रमेश पोखरेलले सहभागीसबैलाई हार्दिक धन्यवाद दिँदै अर्काे महिनाको कार्यक्रममा वरिष्ठ कवि श्यामल अधिकारीलाई प्रस्तुत गरिने जानकारी सहित कार्यक्रमको समापन गर्नु भयो ।
– रमेश पोखरेल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x