साइबर अपराध सम्बन्धी सचेतना सामग्री

परशु र कणादलाई वासु शशी सम्मान

Nepal Telecom ad

काठमाडौ, चैत्र १३ । साहित्यकार परशु प्रधानलाई यस वर्षको वासु शशी स्मृति अभिनन्दन र कवि कणाद महर्षिलाई वासु शशी स्मृति पुरस्कार प्रदान गरिएको छ । राजधानीमा बिहीबार वासु शशी स्मृति परिषद्ले दुवै स्रष्टालाई सम्मान गरेको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले वासु शशीको ७९ औं जन्मजयन्तीका अवसरमा परशु र कणादलाई ताम्रपत्रसहित १५।१५ हजार रुपैयाँ हस्तान्तरण गरेका थिए । उनले कविताको विशिष्टीकरण गर्नमा वासुको ठूलो योगदान रहेको पनि चर्चा गरे ।

प्रतिष्ठानका उपकुलपति विष्णुविभु घिमिरेले परशुको आत्मसंस्मरण ‘जिन्दगीका मोडहरू’ समेत सार्वजनिक गरे । उनले वासुको स्मरण गर्दै आफूलाई साहित्यमा प्रेरणा गर्नेमध्ये उनी पनि एक रहेको दाबी गरे । त्यस्तै, अक्सफोर्ड पब्लिकेसनका तर्फबाट सुमित्रा डंगोलले परशुलाई रोयल्टी स्वरूप ३७ हजार ५ सय रुपैयाँ हस्तान्तरण गरिन् ।

स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीले वासुको साहित्यिक उचाइको कदर गर्दै परशु र कणादलाई सम्मान प्रदान गरेको बताए ।
कान्तिपुर दैनिक

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x