सुलसुलेअनुपममा गुन्जिए स्रष्टाहरू
काठमाडौं, ०७१ चैत २१ । राजधानीमा नियमित आयोजना हुँदै आएको अनुपम सिर्जना प्रतिष्ठान नेपालको मासिक रचना वाचनको चौँतीसौँ शृङ्खला कलङ्कीमा सम्पन्न भएको छ । प्रमुख अतिथि हास्यव्यंग्य स्रष्टा डम्बर घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व गर्नुभएको थियो संस्थाका उपाध्यक्ष भगवती रोका ‘भूमिका’ले ।
कार्यक्रमको प्रारम्भमा दिवंगत युवा स्रष्टा कौशला लामिछानेको आत्माको चिरशान्तिको कामना गर्दै एक मिनेट मौन धारण गरी समवेदना व्यक्त गरिएको थियो । संस्थाका साहित्य विभाग प्रमुख एवं कवि जगदीश्वर पोखरेलले स्वागत मन्तव्य व्यक्त गरेपछि कार्यक्रम औपचारिक रुपमा सुरु भएको थियो ।
कार्यक्रममा रचना वाचन गर्नेहरूमा मुक्तिनाथ शर्मा, ब्रह्मप्रिय प्रेमस्वरुप, दुर्गा रिमाल (अधिकारी), रामशरण खड्का, तर्कना शर्मा, लक्ष्मीप्रसाद शर्मा, जनकराज अधिकारी, रामशरण खड्का, घिमिरे मैदेली, कालिकोटे अनिश, जगत अनमोल, प्रदीप अधिकारी, सुजन अधिकारी, प्रभा अधिकारी, रियाज पौडेल, राजेन्द्रप्रसाद ढुंगाना, श्रीधर पौडेल, मानन्धर अभागी, विजयध्वज थापा, ईश्वरीप्रसाद न्यौपाने, रत्ननिधि रेग्मी ‘शुक्राचार्य’, सन्दीप झझल्को, शान्ता पराजुली, विनोेद कोइराला, अनित बिष्ट, रुद्र अधिकारी, माधव घिमिरे अटल, प्रेमराज सिग्देल, राजु आचार्य, रोशनी भण्डारी, वसन्त विवश, हरि पाण्डेय, उदास कार्की, पूर्णप्रसाद पन्त, उर्मिला पन्त, मञ्जुल श्रेष्ठ, डा. जीवन अधिकारी, एस पी आशा, भुवनहरि सिग्देल, पुरुषोत्तम सिग्देल, हरि खनाल, वेदमणि घिमिरे, मणिराज सिंह, भाग्यशाली अधिकारी, नरनाथ लुइँटेल, डम्बर घिमिरे, भगवती रोका ‘भूमिका’ जीतु खड्कालगायतका स्रष्टाहरू हुनुहुन्थ्यो ।
अन्य शृङ्खलाभन्दा सङ्ख्यात्मक एवं गुणात्मक दुवै दृष्टिले यस कार्यक्रममा सहभागी स्रष्टाहरूको सघन उपस्थिति रहेको थियो । अतिथि स्रष्टाहरूले नयाँँँ प्रतिभाहरूको सिर्जनामा परिपक्वता पाइएको सन्दर्भ उठाउँदै निरन्तर साधनामा लागिरहन सुझाव दिनुभएको थियो ।
नयाँ पुराना दुवै स्रष्टाहरूलाई एकै मञ्चमा उभ्याउँदै आएको अनुपमको यस सिर्जना वाचन कार्यक्रमले नव प्रतिभाहरूलाई स्तरोन्नतिमा सघाउ पुर्याउँदै आएको छ । तीन घण्टासम्म चलेको उक्त कार्यक्रममा गीत, गजल, कविता, मुक्तक, हाइकुजस्ता सिर्जनाका बहुविध आयामहरूलाई प्रस्तुत गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि हास्यव्यङ्ग्य शिल्पी डम्बर घिमिरेले साहित्य क्षेत्रमा अनुपमको दरिलो उपस्थिति निकै प्रशंसनीय रहेको तथ्य व्यक्त गर्नुहुँदै आफ्नो सिर्जना प्रस्तुत गर्नुभयो । कार्यक्रम सञ्चालनमा रहेका संस्थाका सचिव जीतु खड्काले कार्यक्रमको बिसौनीमा एउटा गीति सिर्जना प्रस्तुत गर्नुभएको थियो ।
–जितु खड्का
Subscribe
Login
0 Comments
Oldest












































