साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘कहरवा’ लोकार्पण सम्पन्न

Nepal Telecom ad

ट्युन एण्ड टोन इन्टरनेन्मेन्टले बजारमा ल्याएको गीति एल्बम ‘कहरवा’ को राष्ट्रिय गानका रचयिता ब्याकुल माइला, सङ्गीतकारहरू बुलु मुकारुङ, टिका भण्डारी, यसोधा साक्य र कम्पनिका कार्यकारी निर्देशक चर्चित ढुंगेलले शुक्रबार राजधानीमा लोकार्पण गरे ।

कार्यक्रमका प्रमुख अथिति माइलाले नेपाली साहित्यलाई सङ्गीतले जोड्ने पुराना श्रष्टाहरूबाट नया“ले सिक्नुपर्ने बताए । उनले अहिलेका गीतसङ्गीत बजारु बढि र श्रृतिमधुर कम भएको तर्फ शंकेत गर्दै भने, ‘हेर्ने सङ्गीतले सुन्ने सङ्गीतलाई नराम्रोस“ग जेलेको छ, यसको अनावस्यक जालोलाई सङ्गीतकर्मी र मिडियाले तोड्नुपर्छ ।’

बिशिष्ट अथिति सङ्गीतकार बुलु मुकारुङले राष्ट्रिय गानका रचयिता माइलालाई पज्ञा प्रतिष्ठानबाट २७ सय श्रष्टाहरू सङ्ग्रहित कृतिमा नसमेटिएकोप्रति आक्रोश ब्यक्त गरे । सरकारी तलव खाएर पदको दुरुपयोग गर्नेहरूको उछित्तो काडे । ‘राज्यको तलव र भत्ता खाएर राष्ट्रिय गानका रचयिता ब्याकुल माइलालाई २७ सय सर्जकभित्र नियतवस नपार्नेहरू राजनीतिक नियुक्ति पाएकाले प्राज्ञ भएका हुन्’, मुकारुङले भने, ‘उनीहरूलाई साहित्यको हैन, राजनीतिक दलको सेवा जो गर्नुछ ।’ उनले कहरवाको सफलताको शुभकामना दिए ।

अर्का बिशिष्ट अथिति टिका भण्डारीले रेडियो नेपालस“ग १४ वटा एफएम रहेको बताए । नेपालको पहिलो एफएम रेडियो पनि आफुहरूस“ग रहेको र क्षेत्रिय प्रशारण केन्द्रको क्षमता बढाएर भारतका सिक्किम, दार्जेलिङलगायतका भुभागमा सजिलै सुन्न सकिने बताए । लोकार्पित एल्बमलाई आफुले रेडियो नेपालबाट देशभर घन्काउने बाचा गरे । अघिल्लै दिन एल्बम उपलब्ध भए पनि रेडियो नेपालको ६५ औ“ बार्षिक उत्सवको चटोरोले सुन्न नभ्याए पनि गौरभ दर्पणद्धारा सङ्गीतबद्ध अघिल्ला एल्बम सुनेको अनुभवका आधारमा दर्पणको सङ्गीत गर्ने क्षमतामा आफु प्रभावित भएको बताए ।

दुई गीतका गीतकारसमेत रहेका कार्यक्रमका सभाध्यक्ष चर्चितले सहभागीलाई धन्यवाद दिए । उनले गौरभ दर्पणस“ग आफ्नो साङ्गीतिक केमेष्ट्री मिलेकाले तेस्रो एल्बमसम्म सहयात्रा गरेको र यो क्रम जारी रहेको उल्लेख गरे ।

गौरभ दर्पणको एकल सङ्गीतमा तयार भएको एल्बममा कहरवा तालमै समेटिएका २ गजल र ६ गीत छन् । यी गजल र गीतका विवश वलिभद्र कोइराला, गौरभ दर्पण, आस्था दाहाल र चर्चितको रचना छ भने गौरभ दर्पण, सृष्टि हिङमाङ, राम प्रसाद राई, परिहास, आशिष रिजाल, राम प्रकाश राई, निनल पायल र राजन प्रभात आँसुको स्वर रहेको छ ।

लोकार्पण कार्यक्रममा गायिका सृष्टिले एल्बममा समेटिएको गजल गाएर सहभागीको मन जितेकी थिइन् । कार्यक्रम सङ्गीतकार दर्पण स्वयम्ले सञ्चालन गरेका थिए ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x