टिपनटापनठट्यौली : पुरै पैसा…
एउटा बस काउन्टरमा टिकट काट्ने मान्छे काउन्टरमा टिकट काट्ने काम अर्को नयाँ मान्छेलाई सिकाइरहेको छ– कोही मान्छे आइ कहाँकहाँको टिकट पाइन्छ भनी सोधे काँकडभिट्टा, चन्द्रनिगाहपुर, इटहरी भन्नु । कत्ति पैसा भनि सोधे ७५०, ३००, ६०० भनी बताउनू, छुट हुन्छ कि हुँदैन भनी सोध्यो भने, माथिको आदेश आए हुन्छ भन्नू, सिट रोकिदिनु होला भन्यो भने पूरै पैसा छोडिराख्न भन्नू । यत्ति कुरा सिकाए सिकाउने चाहिँ हिँडेछ ।
यत्तिकैमा एउटा बटुवा त्यहाँ आइपुग्यो ।
बटुवा– ए दाइ ! बालाजु जाने बाटो कता पर्छ ?
काउन्टरवाला– काँकडभिट्टा, चन्द्रनिगाहपुर, इटहरी
बटुवा– बालाजु कुन जिल्लामा पर्छ ?
काउन्टरवाला– ७५०, ३००, ६००
बटुवा– मैले एउटा ठूलो अपराध गरेको छु हुन्छ कि हुँदैन ?
काउन्टरवाला– माथिको आदेश आए हुन्छ ।
बटुवा– माफ माग्न पाइन्छ कि पाइँदैन ?
काउन्टर– पूरै पैसा छोडी राख्नू ।
–सम्झना पौड्याल
पिपल्स एकेडेमी– सीतापाइला, काठमाडौँ
Subscribe
Login
0 Comments
Oldest






































