चट्याङ मास्टरकसरी प्रिय ?
सायद तिम्रो अनुहारमा कुनै बेला डढेलो लागेको थियो
त्यो आगो निभाउन घोचा भाटा चलाइएको थियो
त्यो घटनाको छाप प्रस्ट छ तिम्रो अनुहारमा अझै
तिमी जन्मिएपछि परिवारमा सायद शोक मनाइएको थियो ।
तिम्रो सालनाल काट्ने डाक्टर सायद तिमी देखेर डराएको थियो
तिम्रो न्वारन गर्न आएको पुरेत तिमी देखेर भागेको थियो
न्वारनका पाहुनाले परिवारलाई समवेदना दिएका थिए
परिवार नियोजनका साधन उपहार दिएका थिए
तिमीलाई काखमा लिँदै तिम्रा बाआमा पालै पालो रोएका थिए ।
तिम्रो जस्तो अनुहार मेरो भएको भए
मेरा बाउ आमालाइ म मुद्दा हाल्ने थिएँ
क्षतिपूर्ति त तिम्रा बाआमाले पनि तिरेछन् तिमीलाई हुर्काएर
म भए कुरूप सन्तान जन्माएको अपराधमा झ्यालखान हाल्ने थिएँ ।
तिम्रो जत्रो शरीर र तिम्रो जस्तो अनुहार मेरो भएको भए
मेरा बाउ आमाले मलाई छुट्टै गोठमा पाल्ने थिए
गाउँलेको भूतप्रेत भगाउन मलाई पठाउने थिए
सुर्पणखाकी आमा भनी चिनाउने थिए ।
तिम्रो शरीरको जत्ति मासुले अर्को दुइजना मान्छे बनाउन पुग्छ
त्यस्तो अनुहार र त्यत्रो जिउ लिएर नहिँड है सडकमा दिउसै
यसै त सडक कच्चा छन्, सडक झन् उबडखाबड बन्न सक्छ
भकारोको थुप्रो ठानेर नगरपालिकाको ट्रकले उठाउन सक्छ
तिमीलाई सडकमा हिँड्न सरकारले छुट्टै लाइसेन्स चाहिने गराउन सक्छ
तिमीलाई देखेर ट्राफिक पुलिस डराउँन सक्छ ।
बाँदरबाट शुरु गरेर अरू मानिस बनिसके,
तिमी कसरी के बन्न पुग्यौ प्रिय ?
केही काम नलाग्ने केही हुँदैन सिस्टमा,
कसरी तिमी त्यहि बन्न पुग्यौ प्रिय ?
कसरी प्रिय ? कसरी प्रिय ?
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest



































