फित्काैली डटकमनयाँ भर्ना
एउटै विद्यार्थी आको छैन
सुको बोहनी भा’को छैन
कसैले नजर ला’को हैन
कलेज त नराम्रो छँदै छैन
प्लस टु पढन छाडी को कता भुल्यो ?
लौ आउनुहोस् हाम्रो कलेजमा !
सीमित सिटको लागि भर्ना खुल्यो ।
पचास प्रतिशत शुल्क घटाउँला
महिनै पिच्छे सताउँदै नसताउँला
खेलकुद मनोरञ्जन सबै दिउँला
रेष्टुरेन्ट जस्तै क्यान्टिन बनाउँला
किन यस्तो भनी कसैले सोधे
विद्यार्थीको हितमा गरेको भनौँला
के यस्तो अवसर खोजी कोही डुल्दैछ ?
ओ ! बज्यै कलेज पढ्ने हो ? ल आउनोस्
आजै हो लास्ट डेट भर्ना गराउनोस् !
बाहुनी–३, मोरङ
Subscribe
Login
0 Comments
Oldest





































