साधुराम खड्काराष्ट्रघातीलाई बन्द गर
कति आए देशका मुहार फेर्ने
कति गए तालु र जुँघामुठेहरू
देशलाई मुखैले स्वीजरल्याण्ड त
मेलम्चीले सडक पखाल्नेहरू
घिस्रने दौडने हैन उफ्रेर
देशको कायापलट गर्नेहरू
ढाका टोपी, तालु, र्याल चुहाएर
जनताई संबोधन गर्ने नेता भनाउँदाहरू
यो देश तिम्रा दाइजो र बिर्ता हैन
बस्छन् यहाँ बुझ तीन करोड जनहरू
नगर देशको नाममा नाटक यहाँ
परिआए कुटिन्छौ र भुटिन्छौ तिमीहरू
गर्नेलाई गर्न देऊ पढ्नेलाई पढ्न देऊ
शान्त रूपले मिलाऊ तिम्रा मागहरू
जनतालाई बाँच्न देऊ
लिई शान्ति र आशाहरू
सम्मान गर हर जातिभाषाको
छुन खोज नेपाली मनहरू
बन्द त देश हैन राष्ट्रघातीलाई गर
अस्तित्वै हराउला नि हे नौटङ्की नेताहरू !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































