साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ख्यालख्याल लाग्छ

Nepal Telecom ad

बल्झिरहने दर्दहरू ख्यालख्याल लाग्छ तिनलाई
घातक कैयौँ बर्षहरू ख्यालख्याल लाग्छ तिनलाई ।

भत्ता खायो गफगाफ गायो उपरखुट्टी लायो
खरबौँका खर्चहरू ख्यालख्याल लाग्छ तिनलाई ।

के के मात्रै गुमाएनन् ? के चैँ पाए तिनले ?
सर्बहारा बर्गहरू ख्यालख्याल लाग्छ तिनलाई ।

हार्नेहरू हिस्स पर्छन् जित्ने अहम गर्छन्
विजयका सर्तहरू ख्यालख्याल लाग्छ तिनलाई ।

बिचारभन्दा शक्तिशाली के नै हुन्छ र त ?
हेर्दा ब्यथित अर्धहरू ख्यालख्याल लाग्छ तिनलाई ।

सामुन्नेको दृश्यलाई नै शाश्वत ठान्छ कायर
नजन्मेका गर्भहरू ख्यालख्याल लाग्छ तिनलाई ।

नेतृत्वमा पुग्नेहरू पागल हुन्छन् शायद !
राष्ट्रहितका मर्महरू ख्यालख्याल लाग्छ तिनलाई
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ढाँटिदिनेहरू छन्

ढाँटिदिनेहरू छन्

लालकाजी श्रेष्ठ
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x