सुलसुलेभट्टराईको हास्यव्यङ्ग्य कृति लोकार्पण
पोखरा, ३० जेठ । साहित्यकार शेषराज भट्टराईको ‘तावाबाट उफ्रेको माछो भुङ्ग्रोमा’ नामक हास्यव्यङ्ग्य कृति लोकार्पण भयो ।
नेपाली लेखक संघले आयोजना गरेको कार्यव्रmममा कृतिको लोकार्पण प्रा.डा. कुुसुमाकर न्यौपाने, पत्रकार कृष्णप्रसाद बास्तोला, कवि सूर्य खड्का ‘बिखर्ची’ र डा. नरहरि गौतमले संयुक्त रूपमा गर्नुभएको थियो । कार्यक्रममा लोकार्पित कृतिको समीक्षा समीक्षक एवम् संस्थाका सदस्य गणेश प्रसाद न्यौपानेले गर्नुभएको थियो ।
लोकार्पित कृतिका बारेमा समीक्षा राख्दै न्यौपानेले कृतिले पोखराको व्यङ्ग्यचेतलाई एक तह माथि उठाएको कुरा व्यक्त गर्नु भयो । भट्टराईको यस कृतिमा सरल भाषा, विषयगत वैशिष्ट्य, उखान र टुक्काको संयोजन आदिको अत्यन्तै राम्रो सम्मिश्रण रहेको चर्चा गर्नु भयो ।
कार्यव्रmममा पत्रकार कृष्णप्रसाद बास्तोला, कवि सूर्य खड्का ‘बिखर्ची’, प्रा. डा. कुसुमाकर न्यौपाने, साहित्यकार कृष्ण प्रसाद पौडेल, पत्रकार गंगाधर पराजुली, संस्थाका निवर्तमान उपाध्यक्ष भानु शर्मा कँडेल लगायतले कृतिका बारेमा बोलेका थिए । कार्यव्रmमका वक्ताहरूले नेपाली लेखक सङ्घले समयको गति सँगसँगै निकै भिन्न खालका कार्यव्रmम गर्दै आइरहेको र पोखरेली साहित्यमा विविध विषयलाई महत्त्व दिनुपर्ने कुरा वक्ताहरूले व्यक्त गरे ।
लोकार्पण कार्यक्रम नेपाली लेखक संघ, कास्कीका अध्यक्ष डा. नरहरि गौतमको अध्यक्षतामा सम्पन्न भएको थियो । संस्थाका सदस्य रीतादेवी कँडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यव्रmमको सञ्चालन संस्थाका सह–सचिव सञ्जिव पौडेलले गर्नु भएको थियो ।
पोखरामा रहेर हास्यव्यङ्ग्य लेखनमा सक्रिय शेषराज भट्टराईको यो चौथो हास्व्यङ्ग्य कृति हो । यस अघि उहाँका ‘रिसीमुनिका सन्तान शिसीमुनि’, ‘जातले पकाएको भात’, ‘कहिले सासूको पालो, कहिले बुहारीको पालो’ जस्ता कृति प्रकाशित भई सकेका छन् ।
Subscribe
Login
0 Comments
Oldest












































