साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गैंडा नदेख्नेको जीवन व्यर्थ

Nepal Telecom ad

जीवन सार्थक, निरर्थक, अर्थपूर्ण र व्यर्थपुर्ण हुन्छन् यो सत्य हो । धेरैको जीवन सार्थक हुन्छन् । कतिको जीवन निरर्थक अथवा व्यर्थपूर्ण हुन्छ । सार्थक वा अर्थपूर्ण जीवनको लागि त्यो जीवनले एक न एक पटक गैंडालाई देखेकै हुनुपर्छ । यो मेरो भनाई होइन । यो भनाई एक जीवनविज्ञ राजनैतिक अगुवाको भनाई हो, भन्दा पनि हो रे भनुम । किनभने यो भनाई मैले प्रत्यक्ष सुन्या हैन एउटा मिडियाले भिडियो सहितको समाचार राख्या हेरेर थाहा पाएको हो । ती नेताका अनुसार नेपालमा संविधान बनाउने विषयमा चार दलले गरेको अभूतपूर्व एवं ऐतिहासिक १६ बुँदे सम्झौता एउटा यस्तो सम्झौता हो जुन गैंडा समान छ । गैंडा समान यस अर्थमा छ कि गैंडाको शरीरमा गोली हाने पनि छेडिँदैन ।

गैंडा नेपालमा मात्र पाइन्छ रे उहाँका अनुसार ! त्यसैले विदेशीहरू गैंडा हेर्न नेपाल नै आउनु पर्छ । नेपाल नआए उनीहरूले गैंडा देख्दैनन् र तिनको जीवन व्यर्थ हुन्छ । गैंडा नहेरे के गर्ने डलर खाने कि पाउण्ड खाने ? जीवनलाई सार्थक पार्न गैंडा हेर्नु अपरिहार्य छ । विदेशीहरू गैंडालाई राईनो भन्छन् । हैन तिनीहरूको गैंडासँग के साईनो छ र राईनो भन्नलाई ? यसलाई सुद्ध नेपालीमा गैंडा भन्नुपर्छ ।

गैंडा कस्तो हुन्छ भन्ने थाहा नपाए दिपक गिरीको तितोसत्य हेर्ने अनि गैंडाको अनुभूति गर्ने । त्यसपछि सक्कली गैंडा हेर्न चितवन राष्ट्रिय निकुञ्ज जाने । नेताजीले गैंडाको पुनरदर्शन गर्न गतसालको चैत्र मसान्तमा धरहरा समेत चढेका थिए, नयाँ सालको स्वागत गर्ने बहानामा । धरहरा चढेर दक्षिण दर्शन ग¥या थिए रे सायद गैंडाको दर्शन पाए होलान् । दुःखको कुरा अब उक्त धरहरा हामी माझ छैन । नयाँ साल सुरु हुने वित्तिकै भूकम्प पापीले बैशाख १२ मै भाँचिदियो ।

प्रत्येक नेपालीले गैंडा चिन्नु अनिवार्य छ किन कि गैंडा रुपियाँमा पनि छापिएको छ । दश गैंडा बराबर एक हात्ती हुन्छ । हिसावले त हात्ती गैंडा भन्दा ठूलो हो तर चर्चा गैंडाबाटै सुरु हुन्छ । गंैडा गैंडा मिलेर हात्ती बन्छ अनि हात्ती हात्ती मिलेर जीवनसाथी ! अनि भएन त जीवन सार्थक ? कुरो त बुझ्नु प¥यो नि । नेताज्यूको गैंडा बखानले पत्रकार मित्रहरूले खै के बुझे थाहा छैन तर मैले चाहिँ १३ आना २ दाम बुझें बाँकी २ आना २ दाम बिस्तारै बुझिएला कि ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x