प्रेम ओली ढकलपुरेहिपको महिमा
भ्यात्त परेका हिप
फ्यात्त परेका हिप
कसैका त छाँटेर
च्याट्ट परेका हिप ।
कसैका मुला जस्ता ठ्वास्स परेका
कसैका धोक्रो जस्तो ढ्वास्स परेका
थुम्का जस्ता हिप
दुम्का जस्ता हिप
कसै कसैका त
ठुम्का परेका हिप ।
कसैका भित्र पसेका
कसैका फ्वात्त खसेका
कसैका चामलका थैला जस्ता
कसैका पानीका घैला जस्ता
उत्तानो फर्केका हिप
दायाँ लर्केका हिप
बायाँ लर्केका हिप
कसैका त मानौँ
भिरालो गर्केका हिप ।
कसैका भित्र पसेका
कसैका फ्वात्त खसेका
कसैका चामल थैला जस्ता
कसैका पनिका घैला जस्ता
उत्तानो फर्केका हिप
दाँया लर्केका हिप
बाँया लर्केका हिप
कसैका त मानौ
भिरालो गर्केका हिप ।
दलदले हिप
थलथले हिप
टलक्क टल्केका हिप
ढलक्क ढल्केका हिप
अन्त सल्केका हिप
कतै पल्केका हिप
कोही धानका धोक्रा जस्ता हिप
कोही बाँसका कोक्रा जस्ता
कोही भोगटेका बोक्रा जस्ता हिप ।
दाङ, हाल– काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































