सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

साहित्य संगमको पछिल्लो शृङ्खला

Nepal Telecom ad

बुटवल, ३० जेठ २०७२ । हरेक महिनाको अन्तिम शनिबार गर्दै आइरहेको बुटवल साहित्य संगमको २४६ औं श्रृंखला बुटवलमा सम्पन्न भएको छ ।

जीवराज आश्रित स्मृति प्रतिष्ठानमा सम्पन्न उक्त कार्यक्रममा बुटवलका साहित्यकारहरू डा. मुरारि पराजुलीले ‘कमरेडको लिपिस्टिक’, देबेन्द्र घिमिरेले ‘मेरो बटौली’ र ‘मुक्तक’, गिरि श्रीस मगरले ‘पहिचान’, खोमा तरामु मगरले ‘रिबन’ र ‘ढलेको धरहरा’, दीपक विकले ‘काठमाण्डु’ र ‘सारङ्गीको धुन’, झपेन्द्र जीसीले ‘भुकम्प’, दलबहादुर गुरुङले ‘खलपात्रको गर्भधारण’ र ‘दलबहादुर अचेल’, देवका भट्टराईले ‘महिला एक खुल्ला कैदी’, कोपिला कुवँरले ‘गजल’, सुरेश परियारले ‘सम्बोधन बिचका मान्छेलाई’ शीर्षकका सिर्जनाहरू बाचन गर्नुभएको थियो ।
बाचित रचनाहरूमाथि युवा कवि गिरि श्रीस मगरले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो भने प्राज्ञ गोपीरमण उपाध्याय र चरणदास तिमिल्सिनाले आ–आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।

समसामयिक सौन्दर्य चेतनायुक्त रचनाहरू बाचन गरिएको उक्त कार्यक्रमको अध्यक्षता साहित्यकार देवेन्द्र घिमिरे र सञ्चालन खोमा तरामु मगरले गर्नु भएको थियो ।

Fitkauli Publication Books comming soon
Nepal Telecom ad