साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आजको लोकतन्त्र

Nepal Telecom ad

पुरानै सोचमा नयाँ नारा घोकाउने घोकतन्त्र
यथास्थितिवादमै नयाँ नेपाल तोकाउने तोकतन्त्र

आक्रोशको अराजकता बोक्ने झोंकतन्त्र
पेट टन्केकाहरूले आहार खोज्ने भोकतन्त्र

भाषण चुटी ताली छुटाउने खोकतन्त्र
गल्ली जुटी गाउँ नै टुटाउने चोकतन्त्र

बम्काएर निमुखोलाई सन्कीहरूले लम्काउने बोकतन्त्र
यताउति देखाएर आफ्नै भकारी भर्ने धोकतन्त्र

समस्यालाई जिस्काउन प्याकेज खोज्ने थोकतन्त्र
सबैलाई पछारेर अघि बढ्नेहरूलाई ठोकतन्त्र

विरोधको राँको सल्काएर गल्ली डढाउने टोकतन्त्र
समर्थनमा डाँको छल्काएर हाँसो पोखाउने ‘कोक’तन्त्र

आशा बोकेर विश्वास बिसाउनेहरूलाई ‘हाय !’ शोकतन्त्र
बाहिरियाको आँखा छल्न नाटक चलाउने ‘मोक’तन्त्र ।
स्यादुल, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x