साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ऊ त्यसै हल्लिरह्यो

Nepal Telecom ad

पहुँच हुनेहरू विशेष लागे
ऋण पैँचो भेट्ने विदेश लागे
बाँकी भुस्याहा कुकुर र गल्ली रह्यो
ऊ त्यसै हल्लिरह्यो ।

होला कि भनि मन्त्रीकाँ धायो
वैदेशिक रोजगारी अफिस पछ्यायो
अहँ, बिटाकै कुरोमा डल्लिरह्यो
ऊ त्यसै हल्लिरह्यो ।

पत्रिकामा सप्पै विज्ञापन हेर्यो
पार्टीले धोका दिएपछि पार्टी फेर्यो
अब खालि तनावले दुखेको चल्ली रह्यो
ऊ त्यसै हल्लिरह्यो ।

आन्दोलन गर्नेको हूलमा गयो
सत्ताधारीको भाषणको भुलमा गयो
जता गए पनि केवल हल्लीखल्ली रह्यो
ऊ त्यसै हल्लिरह्यो ।
उपाध्यक्ष, अनेसास लस एन्जेलस च्याप्टर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आऊ खेलाैँ हाेली

आऊ खेलाैँ हाेली

राकेश कार्की
पे चेक टु पे चेक

पे चेक टु पे...

राकेश कार्की
ह्यारी र कुकुर

ह्यारी र कुकुर

राकेश कार्की
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x