साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढो माझी र देश

Nepal Telecom ad

दिल बहादुर माझी
नारायणी वारिपारि दिनहरू खियाउँछ
पानीकै गाउँतिर रमाउँछ
पानीकै गल्लीे–गल्ली डुल्छ ।
बिताउँछ–
रंगहीन, स्वादहीन र आकारहीन
पानी जस्तै जीवन ।

झुपडीको निँदालमा
बुढो रेडियो घ्यारघ्यराई रहन्छ–
अक्कासिएको महँगी
अस्तव्यस्त कुशासन
छरपष्टिएका बेथिती समाचार ।
अर्को कुनामा
दिल बहादुर पेरुङ्गे मनभरि छोपिरहन्छ
जीवनको आकाशमा रहरका चङ्गाहरू उडाउँदै
नारायणी तरेर गएकाहरू, जो–
जप्दै छन् ओँठभरि देश
भर्दै छन् अँगालोभरि देश
रसाउँदै छन् आँखाभरि देश ।
यो देश
चोक चोकमा आक्रोश चिच्याउँछ
सडकहरूमा बन्द(हडताल हिँड्छ
र, बिताउँछ संक्रमणकाल ।

दिल बहादुर माझी
नारायणी किनारमा कोरिरहन्छ क्यानभास
घरकुरुवा वृद्ध आँखाहरू
अधुरो सुहागरात पर्खीरहेका यौवनपूर्ण रातहरू
बाका चुम्बन थाप्न आतुर कलिला गालाहरू ।
यो देश
थुप्रै–थुप्रैसित आफ्नो सिमाना नाघेर जान्छ
थुप्रै–थुप्रैसित आफ्नै आँगनमा अभाव बाँचिरहन्छ
र, एउटा भरिया चिन्ता बोकेर शहर पस्छ ।

दिल बहादुर माझी
नारायाणी किनारमा अनेक तर्कनाको माछीजाल बुन्दै बस्छ–
हूलका हूल अभावग्रस्त जीवनहरू
परदेशमा बग्ने रगतपसिना
विरानो रणमा ‘‘आयो गोर्खाली’’को गीत
रेडलाईट एरियाको अँध्यारो ।

दिल बहादुर माझी
खुम्चिएको निधारको एउटा भूगोल उचाल्दै सुस्ताउँछ थकान ।
सक्ने भए फनक्क फर्काइदिन्थे
बाटोमा छेकबार लाइदिन्थे
पीडाको गहिरो नारायणी तर्दै परदेशिएका छन् जो–
सजाउँदै हृदयको भित्ता भित्तामा देश
उचाल्दै शिरमाथि देश
टाँस्दै मनमस्तिष्कमा देश ।

देश चाहिँ
गहिरो दुखिरहन्छ बुढो माझीको छातिमा जस्तै
असंख्य असंख्य मुटुहरूमा
…छप्ल्याङ …छुप्लुङ
…छप्ल्याङ …छुप्लुङ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निक्कै जाडो छ !

निक्कै जाडो छ !

चन्द्र गुरूङ
कार्यकर्ता

कार्यकर्ता

चन्द्र गुरूङ
नेता र गोठालो

नेता र गोठालो

चन्द्र गुरूङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x