साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अनुवाद सम्बन्धी प्रज्ञा–गोष्ठी

Nepal Telecom ad

काठमाडौँ, २०७२ असार ६ । नेपाल प्रज्ञा–प्रतिष्ठान साहित्य (अनुवाद) विभागको आयोजनामा ‘अनुवादको सिद्धान्त, महत्व र आवश्यकता’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ ।

प्रा.डा. अमि सुवेदीले अध्यक्षता गर्नु भएको कार्यक्रममा समालोचक प्रा.आनन्ददेव भट्ट प्रमुख अतिथि हुनुहुन्थ्यो । दीप प्रज्वलन गरी आरम्भ भएको कार्यक्रममा भट्टले नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित अनुवाद सम्बन्धी पत्रिका ‘रुपान्तर’को तेस्रो अङ्क विमोचन गर्नु भयो । भट्टले भन्नुभयो– ‘अनुवाद एक सहकार्य हो र यस कार्यले भाषा र साहित्य चिनाउन सहज बनाउँछ ।’ उहाँले नेपाली कृतिहरूलाई विश्वका प्रचलित भाषामा अनुवाद गरेर नै नेपाली साहित्यलाई विश्वव्यापी बनाउन सकिन्छ भन्नुभयो ।

कार्यक्रममा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गा प्रसाद उप्रेतीले नेपाल बहुभाषिक मुलुक भएकाले विभिन्न भाषाका साहित्यलाई विश्व सामु चिनाउन विभिन्न भाषाका साहित्यिक कृतिलाई अनुवाद गर्दै लैजाने उद्देश्य अनुरुप प्रज्ञाको अनुवाद विभागले कार्य गर्दै आएको बताउनु भयो ।

कार्यक्रममा उपकुलपति विष्णुविभु घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गर्दै नेपाली साहित्यलाई विश्वव्यापी बनाउन र विश्व साहित्यलाई नेपाली बिच पु¥याउने माध्यमको रुपमा अनुवादलाई लिन सकिने बताउनुभयो ।

प्रज्ञाका सदस्य सचिव प्रा.डा. जीवेन्द्रदेव गिरीले अनुवाद सम्बन्धी ठोस कार्य अघि बढाउन प्रज्ञा–प्रतिष्ठान प्रयत्नशील रहेको बताउनु भयो । यसै गरी अनुवाद विभागकी प्रमुख प्रा.डा. उषा ठाकुरले विभिन्न भाषालाई एक सूत्रमा बाँध्न अनुवादले सेतुको भूमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. गोविन्द राज भट्टराईले ‘वर्तमान सन्दर्भमा अनुवादको महत्व र आवश्यकता’ शीर्षकमा कार्यपत्र प्रस्तुत प्रस्तुत गर्दै नयाँ ज्ञान सल्काउने पुरानो बत्ती अनुवाद हो भन्नु भयो । भट्टराईको कार्यपत्रमाथि प्रा.डा. विजय रौनियारले लिखित टिप्पणी गर्नुभएको थियो ।

यसै गरी नवराज न्यौपानेले ‘अनुवादका क्षेत्रमा प्रयुक्त नवीन सिद्धान्तहरूको सङ्क्षिप्त सर्भेक्षण’ नामक अर्को कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । न्यौपानेको कार्यपत्रमाथि बलराम अधिकारीले लिखित टिप्पणी गर्नुभयो । कार्यक्रममा अमर राज जोशी, महेश पौडेल, भद्रा घले आदिले प्रस्तुत कार्यपत्रका बारेमा विविध जिज्ञासा राख्नुभएको थियो ।

प्रा.डा.सुवेदीले समग्र कार्यक्रमको उपलब्धि आकलन गर्दै आफूले समेत धेरै कुरा सिक्ने अवसर पाएको बताउनु भयो ।

कार्यक्रममा प्राज्ञहरू, विश्व विद्यालयका प्राध्यापकहरू, अनुवाद सम्बन्धी अध्ययता र अनुवाद कार्यमा संलग्न विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x