साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काजी साहेब गणतन्त्र भन्या के हो ?

Nepal Telecom ad

भञ्ज्याङको चिया पसलमा
जुठे दमाइ आउँछ
कसैलाई छोइएला भनेर
अलग्गै भुइँमा बसेर चिया खान्छ
आफ्नो गिलास आफै माझ्छ
र, जँड्याहा टंके कार्कीलाई सोध्छ–
हन काजीसाहेब, यो लोकतन्त्र भन्या के हो ?

रमिला पोडे आउँछे
टोल सडक बढार्छे
रेस्ट रुमहरू पखाल्छे
लुगा धोइदिन्छे
र, मालिक्नीले दिएको हिजोको खाना
खुसी मान्दै खान्छे
र, सोध्छे
यो समानता भनेको के हो ?

भगवानलाई पुकार्छे
भाग्यलाई सराप्छे
र सोच्छे–
म एक बोरा चामलको मालिक हुने कहिले ?
भन्छे–
जमिन्दार प्रधानको छोरा काजी कमरेडले भन्नु भएको
आर्थिक क्रान्ति भनेको के हो ?

डल्ली सर्किनीका लालाबाला धेरै
कमाइ थोरै
एक जोर जुत्ता बिकेको दिन
पोइले रक्सी खाएर आउँदा
भोकले रिसाउँछे
पोइ लात्तीले भकुर्छ
रुन्छे रातभर
र, भोलि पल्ट जान्छे हेल्थ पोस्टमा
फर्कंदा भेट्छे स्कुलकी मास्टरनी
र, सोध्छे–
राति प्रौढ शिक्षामा भन्नु भएको लैंगिक विभेद भनेको के हो ?

काले कामीले
कति पुस्तादेखि फलाम पिटेर आएको
बिहानदेखि बेलुकीसम्म धुँवा, आगो र फलामसँग खेल्दा खेल्दै
रगत छादेपछि
धेरै भगवानको पूजा गरेको हो
पण्डित भज नारायणदेखि प्रभु यसुसम्म गुहारेको हो
र, पनि
अल्पायुमै बाआमा बिते
काले कामी मनमनै सोच्छ
कुन भगवानले,
मेरो मेहनतको ज्याला ग्यारेन्टी गर्छ ?
भनिदेऊ न धर्म बुझ्नेहरू
काले कामीले सोध्छ– कुन धर्म माने के हुन्छ ?
धर्म नमाने के हुन्छ ?

हामीले उपचार गर्न सक्ने अस्पताल कहिले खुल्छ ?
हामीले भाडा तिर्न सक्ने बस कहिले गुड्छ ?
हामीले किन्न सक्ने औषधि
हामीले बस्न पाउने घर
कहिले बन्छ ?

राजाले देश बिगारेको हो भनेर
काजीका छोराले भनेपछि
हामी पनि गणतन्त्रका जुलुसमा गएको हो
र, गणतन्त्रको घोषणा सुनेको हो
महाराजका सम्पतिको कुनै लेखाजोखा छैन
कति कर तिर्छन् कति लुकाउँछन्
कति व्यापार गर्छन्, कति विदेश लान्छन्
यस्तै सुनेको हो ।

अहिले देख्छु नेताहरूका प्रतिस्पर्धामा
आलिशान निवास निर्माणमा
विदेश भ्रमणमा
सवार सवारीमा
रिसोर्ट होटेलमा
नेताका गाडी चलाउने राम बहादुर तामाङले सोध्यो–
यो गणतन्त्र भनेको को हो ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x