साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हल्लायो

Nepal Telecom ad

हल्लायो कि के हो ? हल्लायो हल्लायो दह्रो हल्लायो । ड्वाङ्ग आवाज सहित पो हल्लायो । पूर्व–पश्चिम हल्लायो, उत्तर–दक्षिण हल्लायो, तल–माथि हल्लायो । विहान हल्लायो, दिउँसो हल्लायो, साँझ हल्लायो अनि राती पनि हल्लायो । बैशाख हल्लायो, जेष्ठ हल्लायो अब असार पनि हल्लाउँदैछ । हैन कति हल्लाउन सक्या हो ? दह्रो हल्लायो भन्दा पनि हल्लाउने चाहिं पो दह्रो रहेछ त । बारपाक हल्लायो, बल्खु हल्लायो, बसन्तपुर हल्लायो, बालाजु हल्लायो, बसपार्क हल्लायो अनि बाह्रविसे पनि हल्लायो । खेत हल्लायो, बारी हल्लायो, साँध हल्लायो बाँध हल्लायो अनि सिमा पनि हल्लायो ।

लाङ्गटाङ्ग हल्लायो, सगरमाथा हल्लायो, चुरे हल्लायो अनि तराई पनि हल्लायो । लिपु हल्लायो, कालापानी हल्लायो । सगरमाथा त ३ इञ्च सरेको हल्ला आयो । काठमाडौं १.५ मिटर माथि उठेको हल्ला आयो । अनि ३ मिटर दक्षिण सरेकै हल्ला आयो । काठमाडौंको जमिन तरलिकृत हुँदै गएको हल्ला आयो अनि सरह नै भासिने हल्ला नै आयो । विदेशी आए, विभिन्न खाले जहाजहरु आए, ओस्प्रे पनि आए । राहत आयो, पाल आयो, कुहिएकै होस दाल चामल पनि आयो । आपद आयो, आपतको नाममा आएको राहत पदाधिकारीहरु स्वयमले खाए भन्ने हल्ला पनि आयो । स्यालदरवार हल्लायो, बागदरवार हल्लायो, अनि सिंहदरवार पुरै हल्लायो । दाता हल्लायो, छाता हल्लायो, डण्डा हल्लायो अनि झण्डा पनि हल्लायो । नेता हल्लायो, अभिनेता हल्लायो, कलाकार हल्लायो अनि बेकारीलाई समेत हल्लायो । मिडिया हल्लायो, नियोग हल्लायो, राष्ट्र हल्लायो अनि अन्तर्राष्ट्र समेत हल्लायो ।

सामान्य जानकार हल्लायो, पैतालिसको भूविज्ञ हल्लायो अनि नब्बेको भूविज्ञ पनि हल्लायो । भूगर्वविद हल्लायो अनि मौसमविद पनि हल्लायो । खासा हल्लायो अनि नासा त झनै हल्लायो । समग्रमा सारा संसार नै हल्लायो । हुँदा हुँदा त संसार समाप्तिको युग नै सुरु भयो भन्ने हल्लाले त हल्लाउन बाँकी केही राखेन सबै हल्लायो । कसैले आयो भनेकोमात्र सुन्यो भने पनि रौं ठा–ठाडो पारेर मुटु नै हल्लायो । हेरौँ कतिन्जेत हल्लाउने हो अनि हामी हल्ली रहनु पर्ने हो ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x