साइबर अपराध सम्बन्धी सचेतना सामग्री

के भाको यस्तो !!

Nepal Telecom ad

प्रेम ओली
पोहर दशको माल
आहिले बिस पर्ने भएछ
तिम्रो तलब भत्ताले
मान्छे नै मर्ने भएछ
देशमा सरकार छैन जस्तो
हैन ए जुठेका बा
यो के भाको यस्तो !

पोहर भन्दा आलुको भाउ
दोब्बर बढेछ
नुनतेलको झन के कुरा
सगरमाथै चढेछ
तिम्रो तलबले त
भात खाने कि तरकारी खाने ?
अब तिमी मात्र बस सहरमा
हामी त माइतै जाने
देसमा जनप्रतिनिधी नभाको जस्तो
हैन ए जुठेका बा
यो समय के भाको यस्तो !!

जुठो खाको पैसोले
छोराको फी ति¥या छु
तिम्रो तलबले नपुगेर
म पनि काममा हिँड्या छु
सुन्तलाको भाउ सुन जस्तो
मासु खाने कुरो जून जस्तो
देशले सरकार नपाको जस्तो
हैन ए जुठेका बा
यो कलियुग के भाको यस्तो !!

मूल्य तिराउँछन् सक्कली
माल दिन्छन् नक्कली
चामल नक्कली दाल नक्कली
चम्चा नक्कली थाल नक्कली
मिठाइ नक्कली मासु नक्कली
हुँदा हुँदा सरकारको आँसु नक्कली
अब तिम्रो तलबले
ग्यास किन्ने कि पानी किन्ने
कि तिमी पनि गाउँ नै हिंड्ने ?
जनताको सकार नभाको जस्तो
हैन ए जुठेका बा
यो देशमा के भाको यस्तो !!
दाङ– हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x