साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरो बुझी नसक्नु छ

Nepal Telecom ad

कोही जान्छ बेजिङ
कोही जान्छ गङ्गा पार
कोही जान्छ बैङ्कक
कोही समुन्द्र पार
इमान्दर रहेछन् नेता
छैनन् ढाँटेको
कुरो बुझी नसक्नु छ
के हो आँटेको ।

कोही औषधी उपचार भन्दै
दिल्लीतिर जान्छन्
भेटघाट गरेपछि आफूलाई
शक्तिशाली ठान्छन्
आलो पालो गरी गरी
सत्ता भत्ता खान्छन्
देशभक्त रहेछन् नेता
छैनन् ढाँटेको
कुरो बुझी नसक्नु छ
के हो आँटेको ।

एकातिर गए भने
आन्दोलन भन्छन्
अर्कोतिर गए भने
सहमति भन्छन्
घरको झगडा पर लगि
रिमोट कन्ट्रोल बन्छन्
राष्ट्रप्रेमी रहेछन् नेता
छैनन् ढाँटेको
कुरो बुझी नसक्नु छ
के हो आँटेको ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x