साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आन्दोलन चर्काऊ

Nepal Telecom ad

भारत बन्द कुरो आउँदैन
चाइना बन्द कुरो आउँदैन
नेपाल बन्द चाहिँ
कहाँबाट सिके
को रहेछन् लठक नारायण
यस्तो कुबुद्धि झिके
सात सालदेखि नै यहाँ
आन्दोलन चलिराछ
आन्दोलनले हुने भए
देश किन झन गली रा’छ ?

आन्दोलनले नै देश बन्ने भए
बेरोजगारीलाई
आन्दोलन देऊ
के के हुन्छ फाइदा
मजाले आँफै लेऊ
आन्दोलन हुने भए
पाकिस्तान बङ्गलादेश
कहाँ कहाँ पुग्थे
नेपाली पनि अहिलेसम्म
सेमिनार गए पनि
किन विदेशतिर लुक्थे ?

अझै सद्बुद्धि आउँदैन भने
आन्दोलन चर्काऊ
देश नै थर्काऊ
एक वर्षपछि धकलेर
देशलाई पछी फर्काऊ ।

रेलिङहरू भत्काऊ
पर्खालहरू भत्काऊ
पुलहरू भत्काऊ
नयाँ पुल बनाउँदा
कमिसन तिमीले खाने हो
बाटो भए पनि तिमी त
हावाइमार्गबाट जाने हो
काम नपाएकाहरू पनि
तोडफोडमा रमाउने
आन्दोलनको नाममा
कसैले दाम कमाउने
तिमी पनि पार्टी गर्दै
होटेलतिर नै पस्ने हो
बसे भोकै
जनता त बस्ने हो
फसेछन् भने पनि
कार्यकर्ता फस्ने हो
तिमीले अबिर घस्ने हो
अरु गरेको भए
देश जापान बन्थ्यो होला
सिङ्गापुर बन्थ्यो होला
तिम्रो त पेशा नै यही हो कि
आन्दोलन चर्काऊ
देश नै थर्काऊ
देशलाई घिसारेर
अझ पछि फर्काऊ ।
दाङ, हाल– काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
मेरा बा

मेरा बा

प्रेम ओली ढकलपुरे
सरकार

सरकार

प्रेम ओली ढकलपुरे
नाग पञ्चमी

नाग पञ्चमी

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x